PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यमनमा आत्मघाती कार आक्रमण : ६० को मृत्यु, २९ जना घाइते



पहिलोपोस्ट

यमनमा आत्मघाती कार आक्रमण : ६० को मृत्यु, २९ जना घाइते

एडेन : यमनको दोस्रो ठूलो सहर एडेनमा अवस्थित एक सैनिक तालिम केन्द्रमा सोमबार भएको आत्मघाती कारबम आक्रमणमा परी कम्तीमा ६० व्यक्तिको मृत्यु भएको छ।
 
उत्तरी एडेनमा रहेको सो सैनिक तालिम केन्द्रमा सेनामा भर्ना हुनका लागि नयाँ सैनिकको तालिम सुरु भएको अवस्थामा आत्मघाती कार आक्रमण भएको थियो।
 
 
आक्रमणमा परी ६० व्यक्तिको मृत्यु हुनुको साथै अन्य २९ जना घाइते भएका चिकित्सक स्रोतले एएफपी समाचार समितिलाई जानकारी दिएका छन्।  
 
आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन।
 
यमनमा सन् २०१५ को मार्च महिनाबाट सुरु भएको हत्या र हिंसामा परी ६ हजार ६ सय व्यक्तिको मृत्यु भइसकेको छ। यसरी मारिएका व्यक्तिहरु प्रायः सर्वसाधारण नै रहेका छन्।
 
संयुक्त राष्ट्रसंघका अनुसार यमनमा जारी हिंसा र हत्याको कारण ८० प्रतिशत जनसङ्ख्यालाई मानवीय सहयोगको आवश्यता परेको छ। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell