PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

भारतको पश्चिम बंगाल राज्यको नाम परिवर्तन गर्ने प्रस्ताव पारित, यस्तो छ नाम परिवर्तनको रोचक कारण



भारतको पश्चिम बंगाल राज्यको नाम परिवर्तन गर्ने प्रस्ताव पारित, यस्तो छ नाम परिवर्तनको रोचक कारण

भारतको दार्जिलिङ, जलपाइगुडी लगायत नेपालीभाषीहरु बसोबास गर्ने क्षेत्र रहेको पश्चिम बंगाल राज्यको नाम परिवर्तन गर्ने प्रस्ताव त्यहाँको राज्य विधानसभाले आज पारित गरेको छ। 

विधानसभाले सोमबार एउटा प्रस्ताव पारित गरेको छ जस अनुसार अङ्ग्रेजीमा राज्यलाई bengal भनिनेछ, बंगालीमा बाङ्ग्ला भनिनेछ भने हिन्दीमा बंगाल भनिनेछ। यसअघि बोङ्गो नाम राख्न खोजिएको थियो तर त्यसलाई सरकारले फिर्ता लिएको थियो। 

यही महिनाको सुरुमा राज्य सरकारले राज्यको नाममा रहेको पश्चिम हटाउने निर्णय गरेको थियो। 

सरकारले यस्तो निर्णय गर्नुको कारण भने रोचक छ। भारतका राज्यहरुको नाम अङ्ग्रेजी अल्फावेटको वर्णानुक्रम अनुसार आउँदा डब्ल्यु भएकोले सबैभन्दा अन्तिममा पर्ने गरेको छ। अब यो हटाएपछि 'बी' अल्फावेटका कारण अगाडि नै पर्नेछ। 

सत्तारुढ तृणमूल कांग्रेसले सन् २०११ मा पश्चिमबंगा नाम राख्न खोजेको थियो। त्यतिबेला पनि अल्फाबेटिकल्ली राज्यको स्थिति अगाडि ल्याउने नै उद्देश्य थियो। तृणमूल कांग्रेसलाई भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीको नेतृत्वमा विपक्षी पार्टीहरुले पनि साथ दिएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell