PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

खाना पकाउने ग्यासमा प्रति सिलिन्डर ५० रुपैयाँ छुट दिने निर्णय, अरु के-केमा छुट?



पहिलोपोस्ट

खाना पकाउने ग्यासमा प्रति सिलिन्डर ५० रुपैयाँ छुट दिने निर्णय, अरु के-केमा छुट?

काठमाडौँ : खाना पकाउने ग्यासमा अब प्रति सिलिन्डर ५० रुपैयाँ छुट पाइने भएको छ। आइतबार आपूर्ति मन्त्रालयमा आपूर्ति मन्त्री दीपक बोहोराको अध्यक्षतामा आपूर्ति मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

अहिले ग्यास प्रति सिलिन्डर १३ सय ७५ रुपैयाँ पर्छ। 

ग्याससँगै दलहन, चामल, घ्यु, तेल, नून, चिनी, पनीरमा पनि सहुलियत दर पाइनेछ। तर यसका लागि सुपथ मूल्य पसलमा जानु पर्नेछ। 
यस्तो पसल असोज १ गतेदेखि कात्तिक २१ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ। 

यी पसलमा के-के सामान कति छुटमा पाइन्छन्?
​ 
उपत्यकाका करिब ५०० वटा खुद्रा पसलहरुबाट तोकिएको छुटसहित सुपथ मूल्य पसल सञ्चालन गर्ने सम्बन्धनमा आपूर्ति मन्त्रालयका सहसचिव आनन्दराम रेग्मीको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि सदस्य रहेको एक समिति गठन गरिनेछ।

त्यसैगरी डिपार्टमेन्टल स्टोरका सञ्चालकहरुलाई अलग्गै आमन्त्रण गरी सहुलियत दरमा उपभोग्य सामाग्री बिक्रीवितरण गर्ने सम्बन्धमा छुट्टै बैठक बस्ने निर्णय पनि भएको छ। 

मन्त्रालयका सहसचिव उत्तम प्रसाद नागिलाका विभिन्न संस्थानले चाडपर्वका लागि छुट दिने प्रस्ताव पेश गरेको बताए । उनले भने, 'कतिवटा र कुन ढंगबाट सहुलियत पसल सञ्चालन गर्ने बारे छलफल भइरहेको छ ।'दसैंमा चाडपर्वको मौका छोपेर निजी व्यवसायीले दैनिक उपभोग्य सामानमा कालोबजारी तथा कृत्रिम अभावलार्इ निरुत्साहित गर्न सहुलियत पसल सञ्चालन गर्न लागिएको नागिलाले जानकारी दिए ।

'प्रत्येक वर्ष उपभोक्ताहरुलाई सहुलियत दरमा सामान बिक्री गराउन पसल सञ्चालन गर्दै आएका छौं' ,उनले भने, 'यसपाली पनि बजारमा कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रण गर्न कार्यक्रम ल्याउनेछौ ।'साल्ट ट्रेडिङका व्यापार विभाग प्रमुख पंकज जोशीका अनुसार सहुलियत पसलमा चिनी प्रति किलो पाँच रुपैयाँ तथा नून प्रति किलो दुई रुपैयाँ छुट दिने प्रस्ताव गरिएको छ ।

खाद्य संस्थानले चामलमा, सिमी तथा फापरमा किलोको पाँच/पाँच रुपैयाँको दरले छुट दिने भएका छन् । सहुलियत दरका चामलका लागि १३ हजार तीन सय क्विन्टल खाद्यान्नको माग गरेको संस्थानका सूचना अधिकारी पवन कुमार कार्कीले जानकारी दिए । प्रत्येक उपभोक्ताले सहुलियत स्वरुप एक क्विन्टलसम्मको खाद्यान्न खरीद गर्न पाउने प्रस्ताव पेश भएको उनले जानकारी दिए । सबै सरकारी संस्थानबाट खाद्य संस्थानको थापाथली स्थित बिक्री कक्ष, बल्खु, नेशनल ट्रेडिङको कार्यालय, ललितपुर, भक्तपुर लगायतका ११ वटा स्थान पसल सञ्चालनको लागि प्रस्ताव भएको उनले जानकारी दिए ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell