PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​अन्तिम एकदिवसिय क्रिकेटमा दिल्सानले बनाए ४२ रन



पहिलोपोस्ट

​अन्तिम एकदिवसिय क्रिकेटमा दिल्सानले बनाए ४२ रन

श्रीलंकन क्रिकेटर तिलकरत्ने दिल्सानले करिअरको अन्तिम एकदिवसिय क्रिकेटमा ४२ रन बनाउँदै बिदा लिएका छन्। अष्ट्रेलिया विरुद्धको तेस्रो एकदिवसिय खेलअघि नै सन्यासको घोषणा गरेका दिल्सानको लागि उक्त खेल विशेष रह्यो।

६५ बल खेलेको उनले ५ चौका समेत प्रहार गरे। श्रीलंकन टोलीका लागि अन्तिम एकदिवसिय खेल खेल्न राङगिरी दाम्बुला इन्टरनेशनल स्टेडियममा प्रवेश गर्दा उनलाई अन्य खेलाडीहरुले ब्याट उठाए सम्मान गरे।


सन् २०१३ मै टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरिसकेका दिल्सानले टी २० क्रिकेटबाट पनि सन्यासको घोषणा गरिसकेका छन्। उनले अष्ट्रेलिया विरुद्ध आगामी सेप्टेम्वरमा हुने दुई टी २० पछि सन्यास लिनेछन्।

दिल्सानले सन् १९९९ मा एकै वर्ष टेष्ट र एकदिवसिय क्रिकेटमा डेब्यु गरेका थिए। दुवै डेब्यु खेल जिम्वावे विरुद्ध थियो। 


३९ वर्षिय दिल्सानले एकदिवसिय क्रिकेटमा ३३० खेल खेल्दै १० हजार २ सय ९० रन बनाएका छन्। जसमा २२ शतक र ४७ अर्धशतक समेत सामेल छ। बंगलादेश विरुद्ध बनाएको १६१ रन दिल्सानको एकदिवसिय खेलमा व्यक्तिगत उच्च स्कोर हो।


उनी एकदिवसिय क्रिकेटमा १० हजार रन पुरा गर्ने विश्वकै ११ औं खेलाडी हुन् भने चौथो श्रीलंकन खेलाडी। श्रीलंकाका लागि कुमार साँगाकारा, सनथ जयासुर्या र माहेला जयवद्र्धलनेले मात्र दिल्सानभन्दा बढी रन बनाएका छन्।

(फोटो : इएसपिएन क्रिकइन्फो डट कमबाट)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell