PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​राजनीतिक विश्लेषकको कविता संग्रह



​राजनीतिक विश्लेषकको कविता संग्रह

काठमाडौँ : वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालको कविता संग्रह 'अन्धकारको यात्री' सार्वजनिक भएको छ। राजनीतिक विषयमा कलम चलाउने राजनीतिक शास्त्रकै प्राध्यापक दाहालको यो दोस्रो कविता संग्रह हो। दाहालको यस अघि ०५९ सालमा 'साँध' नामक कविता संग्रह प्रकाशित भएको थियो। 

नेपाल प्राध्यापक संघका सभापति प्रा. रामेश्वर उपाध्याय, पूर्वमन्त्री एवम् वरिष्ठ पत्रकार होमनाथ दाहाल, प्राध्यापक तथा वरिष्ठ साहित्यकार पीताम्बर दाहाल र ९३ वर्षीय ज्येष्ठ शिक्षासेवी पण्डित चन्द्रलाल दाहालले संयुक्तरुपमा 'अन्धकारको यात्री' लोकार्पण गरेका थिए। कार्यक्रममा पाँच जनालाई नै प्रमुख अतिथि भनिएको थियो र तिनै पाँच जनालाई मात्र मञ्चमा आसन गराएको थियो। 

कार्यक्रममका वक्ताहरुले साहित्यले राष्ट्रको भावनालाई जीवन्त गराउने विचार प्रकट गरेका थिए । कृतिमाथि प्रा. गणेशप्रसाद घिमिरे र प्रा. डा. लेखप्रसाद निरौला कवि कलानिधि दाहाल लगायतले समीक्षा गरेका थिए। 

दाहालको कविता संग्रहमा ३० वटा कविता संग्रहित छन्। त्यस मध्ये एक अन्धकारको यात्री शीर्षकको कविताबाट नै संग्रहको नामाङ्कन गरिएको छ। दाहालको २०४३ सालमा पनि केही कवि केही कविता नामक पुस्तकमा कविता छापिएका थिए। 

राजनीतिक विश्लेषक दाहालका कविता संग्रहमा केही कविता पनि राजनीतिक विसंगतिको व्यंग्यमा केन्द्रित छन्। दाहालको राजनीतिक अवस्था चित्रण गरिएको पुस्तक प्रक्षेपण प्रकाशित छ भने उनले लेखेको शान्ता उपन्यास पनि सत्य कथामा लेखिएको चर्चित उपन्यास हो। कविता संग्रहको सूचना चौतारीले प्रकाशन गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell