PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बस दुर्घटनाको विभत्स फोटो छाप्ने आठ अनलाइनलाई प्रेस काउन्सिलले सोध्यो स्पष्टिकरण



रासस

काठमाडौँ : प्रेस काउन्सिल नेपालले यही भदौ १० गते त्रिशूलीमा भएको बस दुर्घटनासम्बन्धी समाचारमा मृत्यु भएका मानिसको शवको विभत्स तस्बिर प्रकाशित गरेको भन्दै आठवटा अनलाइन सञ्चारमाध्यमसँग त्यसबारे जवाफ मागेको छ । 

समाजमा नैराश्य र सन्त्रास फैलाउने त्यस्ता विभत्स तस्बिरबाट पत्रकार आचारसंहिता २०६० (संशोधित तथा परिमार्जित २०६४) को दफा ४(९) को उल्लङ्घन भएको घटनाबारे प्रारम्भिक छानबिनबाट देखिएको हुँदा ती सञ्चारमाध्यमसँग जवाफ मागिएको काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले आज जानकारी दिए। 

काउन्सिलले अनलाइनखबर डटकम, पिसपोखरा डटकम, रातोपाटी डटकम, डिसी नेपाल डटकम, एभरेस्ट दैनिक डटकम, डेमो खबर डटकम र न्यूज २४ नेपाल डटकमलाई पत्रकार आचारसंहिताको उल्लङ्घन हुनेगरी विभत्स शवको तस्बिर किन प्रकाशित गरेको हो ? ७ (सात) दिनभित्र जवाफ पेस गर्न निर्देशन गरेको हो । 

काउन्सिलले दुर्घटनामा मृत्यु भएका मानिसको शवका विभत्स दृश्य तत्काल हटाउन उक्त आचारसंहिताको दफा ५ को ७ अनुसार निर्देशसमेत गरेको छ। 

काउन्सिलले भदौ १० गते नै विज्ञप्ति जारी गरी सो दुर्घटनासम्बन्धी समाचारमा मृत्यु भएका मानिसको शवको विभत्स तस्बिर विभिन्न मिडियामा सम्प्रेषण गर्नु पत्रकार आचारसंहिता विपरीत भएको जनाएको थियो। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell