PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गगन मन्त्री बनेपछि 'तुहियो' लोकमानलाई महाभियोग लगाउने विषयमा सार्वजनिक महत्त्वको प्रस्ताव



गगन मन्त्री बनेपछि 'तुहियो' लोकमानलाई महाभियोग लगाउने विषयमा सार्वजनिक महत्त्वको प्रस्ताव

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसि‌ह कार्कीलाई महाभियोग लगाउने विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव तुहिएकोमा आफू दुःखी भएको प्रस्तावका समर्थक धनराज गुरुङले बताएका छन्। 

गुरुङले आज ट्विट गर्दै गगन थापा प्रस्तावक, श्याम श्रेष्ठ र आफू समर्थक भएर संसदमा राखेको सार्वजनिक महत्त्वको प्रस्तावको प्रस्तावक नै मन्त्री बनिसकेपछि अब उक्त प्रस्ताव संसदमा छलफल हुन नसक्ने भएको उल्लेख गरेका छन्। 

'प्रिय भाइ गगन मन्त्री बनेकोमा म अत्यन्त खुसी छु तर मुलुकमा व्याप्त बेथितिविरुद्धको प्रस्ताव तुहिएकोमा म अत्यन्त दुःखी छु', उनले लेखेका छन्। 

संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईका अनुसार प्रस्ताव अध्ययनका लागि अध्ययनका लागि ‘पिजन होल’मा समेत पठाइएको थियो। 

यसअघि सभामुख ओनसरी घर्तीले दर्ता भएका सार्वजनिक महत्वको प्रस्ताव संसदमा अगाडि बढाउने/नबढाउने विषयमा छनौट गर्न समिति गठन गरेकी थिइन्। दर्ता भएका प्रस्ताव रोकिएको अपजस खेप्न परेपछि सभामुख ओनसरी घर्तीले छनौट समिति बनाएकी थिइन्। जसमा कांग्रेसबाट मीनबहादुर विश्वकर्मा र रामकृष्ण यादव, नेकपा एमालेबाट गोकुल घर्ती र रवीन्द्र अधिकारी, नेकपा माओवादी केन्द्रबाट सीता नेपाली, राप्रपा नेपालबाट कुन्ति कुमारी शाही, संघीय समाजवादी फोरमबाट दिलबहादुर नेपाली, फोरम लोकतान्त्रिकबाट गीता राना क्षेत्री र राप्रपाबाट राज्यलक्ष्मी श्रेष्ठ सदस्य तोकिएका थिए।

संसदमा आज सांसद रवीन्द्र अधिकारीले लामा तथा छोटा दूरीमा चल्ने यातायातको दुर्घटना अत्याधिक मात्रामा जनधनको क्षति भइरहेको हुँदा सडक सुरक्षा कार्ययोजना पूर्ण रुपमा लागू गरी स्थल यात्रालाई सुरक्षित बनाउन अत्यावश्यक भएको भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell