PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फोटोमा हेर्नुस् तीज विशेष सेलिब्रेटी र्‍याम्प शो

फोटोमा हेर्नुस् तीज विशेष सेलिब्रेटी र्‍याम्प शो


काठमाडौँ : शनिबार राजधानीमा तीज विशेष सेलिब्रेटी र्‍याम्प शो 'स्टाइल उत्सव'मा केहि चर्चित सेलिब्रेटीले क्याटवाक गरेका छन्। उक्त र्‍याम्प शोमा अभिनेत्री गौरी मल्ल, नायिका चाँदनी शर्मा, पूजा शर्मा, क्षितिजा शाक्य, मिस नेपाल २००० उषा खड्गी तथा कलाकार लक्ष्मी श्रेष्ठले क्याटवाक गरेका हुन्।

मर्निङ् ग्लोरी इन्टरटेन्मेण्टको आयोजना तथा पुनम इन्टरटेन्मेण्टको सहकार्यतामा भएको उक्त र्‍याम्प शो नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आयोजना गरिएको थियो। शोमा नेपालका अन्य चर्चित मोडलहरुले पनि क्याटवाक गरेका थिए।

त्रिपुरेश्वरको मुड्स लञ्जमा भएको र्‍याम्प शोकी प्रमुख कोरियोग्राफर प्रतिमा श्रेष्ठ थिइन्। विश्व गौतम, अकल्प बुटिक लगायतले आफ्ना डिजाइनहरु प्रस्तुत गरेका थिए। साथै, चर्चित गायिकाहरु कुन्ति मोक्तान र देविका वन्दनाले पनि आफ्ना प्रस्तुति दिएका थिए।


ट्रेन्डिङ पोस्ट

Ncell