PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कमल थापालाई पाँच प्रश्न



सविन ढकाल

कमल थापालाई पाँच प्रश्न

मंगलबार राजधानीमा भएको भएको एक कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापालाई पहिलोपोस्टका सविन ढकालले देशको समसामयिक राजनीतिक विषयमा जिज्ञासा राखे। राप्रपा नेपालका अध्यक्ष थापाले त्यसको जवाफ यसरी दिए।

१. दुई उप–प्रधानमन्त्रीले दुई छिमेकी राष्ट्रको छुट्टाछुटै भ्रमण गर्नुभएको छ। यसलाई कसरी हेर्नुभएको छ तपाइँले?
जहाँसम्म भ्रमणको कुरा छ। दुई छिमेकीसितको सम्बन्ध सँधै राम्रो राख्नुपर्छ। दुई देशमा आदानप्रदानको सम्बन्ध हुनु र राख्नु राम्रो कुरा। अहिले भर्खरै मात्र दुई उपप्रधानमन्त्रीले भ्रमण सक्नुभएको छ, त्यसैले यसको परिणाम  कस्तो आउँछ त्यसपछि मात्र त्यसको टिकाटिप्पणी गर्नु उचित जस्तो लाग्छ। भ्रमणलाई सामान्य नै लिन्छु यसको परिणाम नै महत्वपूर्ण हुन्छ।
 
२. परराष्ट्रमन्त्री नियुक्ति नगरिकन भएको भ्रमण भनी आलोचना पनि भयो नि।
परराष्ट्रमन्त्रीको नियुक्ति नै नगरी भ्रमण हुनुले राजनीतिक जगतमा केही शंका गर्ने भन्ने ठाउँ देखिएको छ। तर भ्रमणले के कस्तो उपलव्धि हासिल गर्‍यो त्यसमा भर पर्ने कुरा हुन्। अहिलेको समयमा यसको परिणाम कस्तो आउँछ त्यसको लागि केही समय कुर्नु नै उपयुक्त होलाऽ

३. प्रधानमन्त्री पुष्पकमल दाहाल केही समयमा भारतको भ्रमण गर्नुहुँदैछ, यसमा तपाईको धारणा के छ ?
छिमेकी राष्ट्रको सम्बन्ध सुधार्नु राम्रो कुरा हो। हामी सरकारमा हुँदा पनि छिमेकी राष्ट्रको सम्वन्ध राम्रो थियो। भारतसँगको सम्वन्ध तत्कालीन सरकारले चिस्याएको भनी हल्ला गरिएपनि त्यो निराधार थियो।
 
४. एमाले अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दलहरुको बैठक बोलाउनु भएको छ। किन होला ?
एमाले अध्यक्ष केपी शर्मा ओलीले हाम्रो सल्लाह बमोजिम नै बैठक बोलाउनुभएको हो। बैठक अहिले समसामयिक विषयमा छलफल गर्नकै लागि हो, अन्य विषयमा होइन । संविधानलाई कसरी कार्यान्वय गर्ने, कसरी विभिन्न तहका निर्वाचनहरु सम्पन्न गर्ने र पुर्नसंरचना सम्वन्धी विषयमा समान धारण बनाउनकै लागि हो।
 
५. स्थानीय निकायको पुर्नसंरचनाको विषयमा अहिलेको बहसलाई कसरी हेर्नुभएको छ ?
स्थानीय निकाय तहको पुनर्संरचना विवादरहित हुनुपर्छ। सरकार परिर्वतन हुने बित्तिकै यो विषयलाई विवादमा ल्याउन पाइँदैन। आयोगले निर्धारण गरेको मापदण्ड अनुसारस नै पुर्नसंरचना गर्न सक्नुपर्छ। यदि आयोगको कार्यक्षेत्र विपरीत गएर काम गरिए त्यो संवैधानिक मर्यादा विपरित भएको ठहरिन्छ। यदि स्थानीय तहमा विवाद लम्बियो भने चुनाव अहिले भनिएको मितिमा नै हुन सम्भव छैन। दलहरुबीच स्थानीय तहको विषयमा विवाद हुनुहुँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell