PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अमेरिका पुगेर खिलराज रेग्मीले भने : जनताले कहिलेसम्म धैर्य गर्ने?



पहिलोपोस्ट

अमेरिका पुगेर खिलराज रेग्मीले भने : जनताले कहिलेसम्म धैर्य गर्ने?

  • बिष्णुहरि घिमिरे -
न्युयोर्क : मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले समयमै संविधान कार्यन्वयन नगरे मुलुकका लागि दुर्भाग्यपूर्ण अवस्था आउन सक्ने चेतावानी दिएका छन्। नेपाल अमेरिका पत्रकार संघ नेजाद्वारा आइतबार न्युयोर्कको ज्याक्सन हाइट्समा आयोजित कार्यक्रममा बोल्दै पूर्व प्रधानन्याधीश समेत रहेका रेग्मीले जनताले कति सम्म धैर्य गर्ने भन्दै प्रश्न गरे।

“संविधानको कार्यन्वयनको विषय जटिल छ, यसलाई समयमै व्यवस्थापन गर्न सकेनौं भने बढो दुर्भाग्यपूर्ण अवस्था हुन्छ। किन भने जनताले कति सम्म धैर्य राख्ने? कति सम्म राजनीतिक स्थायित्व र रोजगारी भएन भनेर  कमाएर खान लागि विदेशतिर दौडिरहनुपर्ने ?”

उनले राजनीतिक दलमा इमान्दारिता र जिम्मेवारी बोध नभएसम्म मुलुक संक्रमणमुक्त नहुने दावी गरे। “सबैभन्दा पहिला राष्ट्र र जनताको हितलाई ध्यानमा राखेर काम नगर्दासम्म देशले स्थायित्व पाउन सक्दैन र विकास निर्माणको परिवेश निर्माण हुन सक्दैन।”
 
“सिंहदरवार र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र गरी दुई वटा निकाय भन्दा अरु बन्न नसक्ने र राजनीतिक शुन्यता खडा भइरहने हो भने अब कहा जाने भन्ने हुन्छ, गाविस सचिवको झोलामा स्टाम्प राखेर एउटा मान्छेले तीन चार गाविसको जिम्मेवारी दिने कामको अन्त गरिँदैन तबसम्म त्यस बारेमा नै ध्यान दिनु पर्छ।”

जसले जे भने पनि अन्तत: राजनीतिक दलहरुले नै मुलुक चलाउने भएकाले उनीहरु नै गम्भीर हुनु पर्नेमा रेग्मीले जोड दिए। “देश समस्यामा पर्दा, संविधानको कार्यन्वयन धरापमा पर्दा, मुलुक कतातिर जान्छ भन्ने जिम्मेवारी बोध त राजनीतिक दलमा नै हुनु पर्दछ, यसको जवाफ त जसले देशको लिड गर्छु भनेको छ उहाँहरुले नै दिनु पर्छ।”

रेग्मीले मुलुकले कति समय सम्म संक्रमण थेग्ने भन्दै प्रतिप्रश्न गरे, “५२ साल देखि मुलुक अस्थिरता तर्फ धकेलिएको हो, अब कति थेग्छ,  त्यो बेला जन्मेको मान्छेले पिएचडी गर्ने बेला भइसक्यो अझै कति थेग्ने, लामो समय धैर्य गर्ने अवस्था छैन, त्यसले चाँडो भन्दा चाँडो समाधानमा जानु पर्छछ। जताबाट गए पनि जनताले चुनेर पठाएका प्रतिनिधि र राजनीतिक दलमा नै जान्छ, जस र अपजस।”

उनले हृदयमा इमान्दारी, मस्तिस्कमा समझदारी काँधमा जिम्मेवारी पूरा भएपछि मात्र राष्ट्रले गति लिने र  रोजगारी समृद्धिको यात्रा अगाडि बढ्ने बताए।

“उत्पादनमुखी अर्थतन्त्र र व्यवस्थापन जबसम्म गर्न सकिँदैन तबसम्म तपाईँहरुले पठाएको पैसाले कति दिन बाच्न सक्ने हुन्छ, अहिलेको हेर्नु हुन्छ भने साधारण बजेट पनि राजश्वले धान्न नसक्ने अवस्थामा छ, जमिन बाझो छन्, पहिलो धान चामल बेचिन्थ्यो अहिले किन्नु परेको छ, एक त जनसख्या बढनु अर्को उत्पादन घट्नुले  देश कता जान्छ भन्ने प्रश्न उब्जिएको छ।”

मजदुर र मालिकमा समस्या हुँदा लगानीको वातावरण पनि नभएको उनले बताए।

“तपाईँ एनआरएनहरुले लगानी गर्छु भन्नु भएको छ, लगानीको वातावरण हुनु पर्यो, भएको उद्योग बन्द भइरहेका छन्, मजदुरहरुले जथाभावी ताला लगाउने, मालिकले पनि न्यायोचित व्यवहार नगर्ने गर्न भएन।”


फोटो :दिपिका श्रेष्ठ 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell