PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मण्डले राष्ट्रवाद मुर्दावाद भन्दै माओवादी विद्यार्थीले गरे माइतीघरमा भारतविरोधी प्रदर्शन



मण्डले राष्ट्रवाद मुर्दावाद भन्दै माओवादी विद्यार्थीले गरे माइतीघरमा भारतविरोधी प्रदर्शन

काठमाडौँ : माउ पार्टीका अध्यक्ष प्रधानमन्त्री बनी सरकारको नेतृत्व गर्न लागेको बेला माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) ले आज भारत विरोधी प्रदर्शन गरेका छन्।

माइतीघर मण्डलामा भएको प्रदर्शन सप्तरीको तिलाठीमा नेपालीमाथि भारतीय पक्षबाट भएको आक्रमणको विरोधमा थियो।  

विद्यार्थीहरुले भारतीय हस्तक्षेप बन्द गर, भारतीय दादागिरीको प्रतिवाद गरौँ, तिलाठीका जनताको प्रतिरोधको सम्मान गरौँ, मधेस पनि हाम्रो हो, मधेसी पनि हाम्रै हुन्, मण्डले राष्ट्रवाद मुर्दावाद जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए। 

प्रदर्शनपछि आयोजित कोणसभामा माओवादीका सचिवालय सदस्य तथा क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपानेले राष्ट्रवादका विषयमा हिमाल, पहाड र तराईका नेपाली भारतीय विस्तारवाद विरुद्ध एकजुट भएर लड्नुपर्ने आवश्यकता भएको बताए। 

क्रान्तिकारीका संयोजक नरेन्द्र न्यौपानेले तिलाठीका जनताले भारतीय हस्तक्षेप विरुद्ध गरेको प्रदर्शनले अब मधेसी जनता पनि भारतीय विरुद्ध उभिएको बताए। 

प्रदर्शनमा क्रान्तिकारीका विद्यार्थीको सहभागिता रहेको थियो। बिहीबार सप्तरी तिलाठीमा भारतले दशगजा क्षेत्रमा बनाएको बाँधले डुबान भएको भन्दै भत्काउन गएका स्थानीय र भारतीयबीच झडप भएको थियो। राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell