PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

उत्तरी मारियाना द्विप नजिकै ७.७ म्याग्निच्युडको भूकम्प



उत्तरी मारियाना द्विप नजिकै ७.७ म्याग्निच्युडको भूकम्प

वाशिङटन : पश्चिम प्रशान्त महासागरमा रहेको उत्तरी मारियाना द्विप नजिकै केन्द्रबिन्दू बनाएर शनिबार बिहान ७.७ म्याग्निच्युडको भूकम्प गएको युएस जियोलोजिकल सर्भेले बताएको छ। 

समुद्रमा केन्द्रबिन्दु बनाएर भूकम्प आए पनि सुनामी सम्बन्धी चेतावनी भने जारी गरिएको छैन।

भूकम्पको केन्द्र जमिनभन्दा २१२ किलोमिटर मुनि रहेको र मानव बस्ती वरपर नभएकोले क्षतिको समाचार आएको छैन। भूकम्पको केन्द्रबिन्दू नजिकै अमेरिकी स्वामित्वको द्विप रहेको सिएनएनले जनाएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell