PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मैत्रीपूर्ण महिला भलिबल दोस्रो खेलमा पनि नेपाल भारतसँग पराजित



गोविन्दराज नेपाल

मैत्रीपूर्ण महिला भलिबल दोस्रो खेलमा पनि नेपाल भारतसँग पराजित

काठमाडौं : मैत्रीपूर्ण महिला भलिबल सिरिजमा नेपाली टोली भारतीय टोलीसँग २–० ले पराजित भएको छ।

पहिलो खेलमा सोझो सेटमा हारेको नेपाल दोस्रो खेलमा पनि भारतसँग सोझो सेटमै पराजित भयो।

शुक्रबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली टोली भारतीय टोलीसँग २६–२४, २५–२० र २५–१९ को सेटमा पराजित भयो।

घरेलु कोर्टमा भएको खेलमा नेपाली टोलीले  प्रदर्शनमा सुधार गरे पनि नतिजामा भने सुधार गर्न सकेन।

भारतलाई अहिलेसम्म महिला भलिबलमा हराउन नसकेको नेपालले यस मैत्रीपूर्ण खेलमा घरेलु कोर्टमा खेलेका ६ मध्ये कुनै पनि सेट जित्न समेत सकेन।

पछिल्लो पाँच महिना नेपालको यो भारतसँग दोस्रो हो। भारतमै भएको साग गेम्समा पनि नेपाल भारतसँग सोझो सेटमा पराजित भएको थियो।
पहिलो सेट प्रतिस्पर्धात्मक बनेपनि दोस्रो र तेस्रो सेटमा नेपालीमाथि भारत हाबी देखियो। पहिलो सेटमा १६–१६ देखि २४–२४ बराबरीमा गए पनि नेपालले नतिजा भारतलाई २६–२४ ले सुम्पयो। दोस्रा सेटमा नेपालले ६–६, १५–१५ सम्म बराबरी गरेपनि त्यसपछि भने लय कायम राख्न सकेन र २५–२० ले पराजित भयो।

दुई सेट हारिसकेको अवस्थामा कमजोर बनिसकेको नेपाल तेस्रो सेटमा ६–१ ले पछि परेसँगै कुनै पनि बेला खेलमा पुनरागमन गर्न नसक्दा भारत २५–१९ ले विजयी भयो।

नेपालको तर्फबाट दोस्रो खेलमा पनि प्रतिभा मालीले सर्वाधिक स्कोर गरिन्। माली एक्लैले नेपालको लागि २१ अंक जोड्दा सरस्वती चौधरीले ८ तथा उषा विष्टले ७ अंक जोडिन्। मालीले १९ अंक स्पाइकबाट मात्रै जोडेकी थिइन्।

खेलपछि नेपाली महिला टोलीका मुख्य प्रशिक्षक सुदेश कुमार रिमाले हिजाको गल्तीलाई सुधार्दै राम्रो खेल्न खोजपनि पहिलो सेट बाहेक अरुमा लागु नभएको स्विकारे।

‘हिजाको गल्ती सुधार्ने कोसिस गरेका थियौ। पहिलो सेटमा केहि लागु पनि भएको हो। तर पछिल्लो सेटमा राम्रो गर्न सकेनौ। आज ब्लक राम्रै थियो। हाम्रो कोर डिफेन्स कमजोर रह्यो।ʼ

‘पहिलो सेट नेपालले जित्न सकेको भए दोस्रो सेटमा भारत दबाबमा पथ्र्यो र उसको पनि असली खेल देखिथ्यो तर त्यसो हुन सकेन।ʼ 
रिमालले यस्तो किसिमको खेल पाँच वटा सम्म हुने हो नेपाली टोलीमा अझ सुधार हुने बताए।

‘भारतीय टोलीको तुलनामा नेपाली टोलीमा अभ्यास र अनुभवको कमजोरी प्रस्टै देखियो।ʼ

यता भारतीय महिला टोलीका प्रशिक्षक नेपालले बैसाली फड्तरेले नेपालले साग गेम्समा भन्दा अहिले राम्रो खेलेको बताए।

‘त्यतीबेला भारतको टीम बलियो थियो, अहिले हाम्रो मुख्य २ ब्लकर पनि छैन, तर पनि आफ्नो टोलीको नतिजामा सन्तुष्ट छʼ उनले भने।
आजको खेलमा पहिलो सेटमा आफ्नो ब्लक सेट नभएका कारण नेपालले दबाबमा राखेपनि दोस्रो र तेस्रो सेटमा नेपालले राम्रो खेल्न नसकेको बताए।

नेपालले अझै धेरै पक्षमा सुधार्नु जरुरी रहेको फड्तरेले बताए। ‘नेपालको एक मात्र अट्याकर थियो, भबिलल टीम गेम हो। एक खेलाडीमा मात्र भर पर्नु हुँदैन। नेपालले अझै ब्लकिङ, कोर डिफेन्स र सेट एण्ड अट्याकमा सुभार गर्नुपर्नेछ।ʼ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell