PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​रियो ओलम्पिक खेल्न जाने जुडो टोलीको बिदाई



पहिलोपोस्ट

​रियो ओलम्पिक खेल्न जाने जुडो टोलीको बिदाई

काठमाडौं : ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक–२०१६ अन्तर्गत जुडोमा सहभागी हुने नेपाली टोलीलाई नेपाल जुडो संघले शुक्रबार बिदाई गरेको छ।

महिला ६३ केजीमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता फुपुल्हामु खत्रीले नेपालको चुनौती पेश गर्नेछिन्। बेइजिङ ओलम्पिक–२००८ मा प्रतिस्पर्धा गरेकी देबु थापा प्रशिक्षकको जिम्मेवारीमा छिन्। यस्तै अफिसियलमा जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य रहेका छन्।

टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै नेपाली रियो टोलीका सेभ दि मिसन समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव केशवकुमार श्रेष्ठले राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाई गरे।

बिदाईपछि जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठ तथा कोषाध्यक्ष विपिन श्रेष्ठले फुपु र देबुलाई ब्याग, ट्रयाकसुट, जुत्ता र टिसर्ट हस्तान्तरण गरेका थिए।

अगस्ट ५ देखि २१ तारिखसम्म सञ्चालन हुने रियो ओलम्पिकमा जुडो अगस्ट ६ देखि १२ सम्म सञ्चालन हुनेछ। फुपुले ९ तारिखमा खेल्नेछिन्। नेपाली टोली आइतबार रियो प्रस्थान गर्दैछ। 

अध्यक्ष बज्राचार्यले एक बाउट पूरा समय ९५ मिनेट० खेले खेलाडीलाई नगद २५ हजार र प्रशिक्षकलाई १० हजार पुरस्कार प्रदान गर्ने घोषणा गरे। त्यस्तै प्रत्येक बाउट जिते खेलाडीलाई ५० हजार र प्रशिक्षकलाई २५ हजार प्रदान गर्ने बताइएको छ।

यसअघि सोही टोलीलाई सामाखुसीस्थित लिङ्कन कलेजले पनि बिदाई गरेको थियो। लिङ्कनका अध्यक्ष विष्णुराज पौडेल, प्रिन्सिपल प्रकाश शर्मा घिमिरे तथा प्रशासन प्रमुख विशाल थापाले फुपु र देबुलाई ट्रयाकसुट र जुत्ता प्रदान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell