PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रचण्डलाई भेटे चिनियाँ राजदूतले, आफ्नो सरकारले चीनसँग नयाँ सम्झौता गर्ने प्रचण्डको भनाइ



पहिलोपोस्ट

प्रचण्डलाई भेटे चिनियाँ राजदूतले, आफ्नो सरकारले चीनसँग नयाँ सम्झौता गर्ने प्रचण्डको भनाइ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राजदुत वु चुन्ताईबीच आज भेटवार्ता भएको छ।
 
भेटका लागि राजदूत चुन्ताई प्रचण्ड निवास लाजिम्पाटमा नै पुगेका थिए।
 
भेटका क्रममा प्रचण्डले अहिलेको राजनीतिक घट्नाक्रमबारे जानकारी गराउँदै केही दिनभित्रै आफ्नो नेतृत्वमा नयाँ सरकार निर्माण हुने बताएका थिए। आफ्नो नेतृत्वमा बन्ने सरकारले संविधान कार्यान्वयन, राजनीतिक स्थीरता एवं शान्ति, पुनर्निमाण र विकासका कामहरुलाई तीव्रताका साथ आगाडि बढाउने उनले विश्वास दिलाए।
 
अहिलेको सरकारले चिनियाँ सरकारसँग गरेका सन्धि-सम्झौता र समझदारी आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदै भएका सहमतिकै परिणाम भएको उनको भनाइ थियो। अबको सरकारले चीनसँग भएका सम्झौता कार्यान्वयन गर्दै नयाँ सहमतिका साथ अघि बढ्ने प्रचण्डले बताएका थिए।
 
राजदूत चुन्ताईले भने प्रचण्ड नेतृत्वको सरकारलाई चिनियाँ सरकार, चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताको पूर्ण सहयोग र समर्थन रहने विश्वास व्यक्त गरे। नेपालको विकासको निम्ति चिनियाँ सरकारको पूरा साथ, सहयोग र समर्थन रहनेसमेत उनले प्रचण्डलाई बताएका थिए। 

(फोटो : प्रचण्डको सचिवालय)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell