PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

झापामा बस दुर्घटना : १२ जना घाइते, एक वृद्धको अवस्था गम्भीर



रासस

दमक : झापाको दमक–चिया बगान सडकखण्डको बेतनी कल्भर्टमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
 
घाइतेमध्ये बसमा सवार एक वृद्धाको अवस्था गम्भीर रहेको छ। काँकडभिट्टाबाट उदयपुरको बेल्टारतिर जाँदै गरेको मे १ ख ९७१ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा बसमा सवार चालकसहित १२ जना घाइते भएका हुन्।  
 
बिहान ७:३० बजे दमक–१६ स्थित पूर्व–पश्चिम राजमार्गको बेतनी कल्भर्टमा उक्त बस अनियन्त्रित भएर पल्टिएको हो।
 
दुर्घटनामा परी घाइते भएकामध्ये बेल्टार–६ निवासी ६० वर्षीया याममाया कटुवाललाई थप उपचारका लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए। अन्य घाइतेको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell