PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

​वर्षाले भक्तपुरका भूकम्पपीडितको बिचल्ली, शिविरमा पानी चुहिएपछि ओछ्यान सम्हाल्नै मुस्किल



रासस

​वर्षाले भक्तपुरका भूकम्पपीडितको बिचल्ली, शिविरमा पानी चुहिएपछि ओछ्यान सम्हाल्नै मुस्किल

भक्तपुर : भक्तपुर नगरपालिका–५ याछेंका घर भूकम्पले भत्काएपछि देकोचास्थित शिविरमा बस्दै आएका पञ्चनारायण सितिखुको परिवार लगातारको झरीले बिचल्लीमा परेका छन्।
 
लगातार पानी परेपछि सितिखुको परिवार जस्तै भक्तपुर नगरपालिका वडा नं ४ थालाछे, वडा नं ५ याछे, भोलाछे र वडा नं ७ गोल्मढीका ५४ परिवारका २५० भन्दा बढी परिवार बस्दै आएका देकोचास्थित शिविरका पीडितको दैनिकी निकै कष्टकर बन्दै गएको छ।
 
भक्तपुर नगरपालिका–९ चोछेँ घर भई व्यासीस्थित शिविरमा बस्दै आएका अम्मर नापितको परिवारलाई पनि पानी पर्नेबित्तिकै ओछ्यान सम्हाल्नै मुस्किल पर्छ। भूकम्पले घर भत्काएपछि विगत १४ महिनादेखि त्रिपालमुनि बस्दै आएको नापितको परिवारलाई मात्रै नभई यो शिविरमा बस्ने ५२ परिवारको अवस्था पनि उस्तै छ।
 
भूकम्पपछि शिविरमा बाँडिएको त्रिपालमा आश्रय लिँदै आएका यहाँका भूकम्पपीडित त्रिपालबाट पानी चुहिने भएपछि रातभरि सुत्नसमेत पाउँदैनन्। 'यही त्रिपालमा बसेको १४ महिना बितिसक्यो, चुहिएर पानी थेग्नै सक्दैन,' नापित भन्छन्, 'फेरि माथिबाट आउने पानीको भेल पसेपछि झन् समस्या परेको छ।'
 
अर्का पीडित कल्पना नापितको गुनासो पनि उस्तै छ। 'पानी पर्न थालेपछि त्रिपालभित्र भान्छा र ओछ्यान जोगाउँनै मुस्किल छ,' उनले गुनासो गरिन्, 'सुत्ने र खानेसमेत ठेगान भएन बालबच्चाको समेत बिचल्ली भयो।'
 
वृद्धवृद्धा, बालबालिका र अपाङ्गलाई शिविरभित्रको बसाइ निकै कष्टकर बनेको छ । बाहिर कोठा नपाउने, महँगो भाडा तिर्न नसक्ने र आफ्नै जग्गामा टहरा हाल्न नसक्ने सकस सहेरै शिविरमा बस्दै आएका छन्।
 
सोही शिविरकी मङ्गललक्ष्मी शाही घर बनाउन सक्ने अवस्था नहुँदा पानी चुहिने त्रिपालभित्र ओत लाग्नु परेको बताउँछिन्।
 
जिल्ला प्रशासन कार्यालयका अनुसार भक्तपुर नगरपालिकाको व्यासी, देकोचा, कमलविनायक, च्यामासिंह, जगाती, बाराहीलगायत क्षेत्रमा रहेका तीन हजार परिवार भूकम्पपीडित अझै पनि शिविरमै आश्रय लिँदै आइरहेका छन्। फाइल फोटो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell