PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​पिजे क्लबको नेपाल फोटो प्रतियोगिता २०७३ : उत्कृष्ट फोटोको घोषणा हुँदै, लाइभ हेर्नुस्



​पिजे क्लबको नेपाल फोटो प्रतियोगिता २०७३ : उत्कृष्ट फोटोको घोषणा हुँदै, लाइभ हेर्नुस्

काठमाडौँ :   फोटो पत्रकार क्लब नेपालले आयोजना गरेको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता ०७३ मा देशभरबाट ८ सय ११ व्यवसायिक र शौखिन फोटोग्राफरहरुबाट प्राप्त ६ हजार ६७० फोटोमध्ये उत्कृष्ट फोटोहरुको घोषणा आज काठमाडौँमा बिहान ११ बजे सुरु हुने कार्यक्रममा हुँदैछ। 

कार्यक्रमको लाइभ भिडियो हेर्नुस्-



दुई चरणसम्म चलेको निर्णायक चरणबाट सबै विधाका विजेतासहित उत्कृष्ट करिब १ सय ६० फोटो छानिएका छन्। छनोटमा परेका फोटोबाट सबै विधामा पहिलो, दोस्रो र तेस्रो हुनेको चयन गरिएको छ भने सर्वोत्कृष्ट एक फोटोलाई आइएमआई–ग्लोबल–आइएमआई बैंक ‘फोटो अफ दी इयर’ घोषित गरिँदैछ। सर्वोत्कृष्ट फोटोले एक लाख रुपैयाँ पुरस्कार पाउनेछ। प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ  पाउनेछन्।

घोषणापछि दक्षिण एसियाकै वरिष्ठ भारतीय फोटोपत्रकार तथा गतवर्षको वर्ल्ड प्रेस फोटोका निर्णायक मण्डल सदस्य प्रशान्त पन्जियारसँग अन्तरक्रिया गरिनेछ। 

पन्जियारको नेतृत्वमा रहने निर्णायक मण्डलमा वरिष्ठ पत्रकार कुन्द दिक्षित, वरिष्ठ फोटोग्राफर मणी लामा, वरिष्ठ क्युरेटर संगिता थापा, केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार, वरिष्ठ  फोटोपत्रकारद्वय नरेन्द्र श्रेष्ठ र प्रकाश माथेमा छन् भने विज्ञका रुपमा नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, आइएफजे दक्षिण एसियाका संयोजक उज्ज्वल आचार्य र वरिष्ठ  फोटोपत्रकार देवेन्द्रमान सिंह पहिलो चरणमा सहभागी भएका थिए। 

निर्णायक चरणबाट छानिएका करिब १सय ६० फोटोहरुलाई विजेता घोषणापछि काठमाडौं, विराटनगर, धरान , सौराह, भैरहवा ,पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ । 

काठमाडौंमा यही भदौ १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिनेछ। पुरस्कार वितरण भदौ १५ गते हुनेछ। 
आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको सहकार्यमा हुन लागेको प्रतियोगितामा घुमफिर कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखाची सिमेन्ट न्यूज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, मोडल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस र आरजे एडभान्चर फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा भएको हो ।

आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको सहकार्यमा भएको नेपाल फोटो प्रतियोगितामा समावेश  सात विधाअन्तर्गत आइएमएस डेली लाईफ’मा १ हजार ४ सय ३५, ‘घुमफिर २०७३ कल्चर तथा टुरिजम’मा १ हजार ३ सय ३, ‘ नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर’मा १ हजार ३ सय ४१, ‘ अर्घाखाची सिमेन्ट  न्यूज फोटो’मा ४ सय १५, ‘ मोडल ग्लोबल भिसा कन्सलटेन्सी स्पोर्टस’मा ३ सय ७ , ‘ शिखर इन्स्योरेन्स नेपाल स्माईल’मा ९ सय ९८  र  ‘फोटो स्टोरी’मा ९७ वटामा  ८ सय ७१ फोटो प्रतिस्पर्धामा थिए।

‘मैले गत वर्ष भन्दा धेरै बढी फोटो आउने सोचेको थिए तर जति आए यो नै काफी छ ’ वरिष्ठ फोटोग्राफर मणि लामाले भने, ‘प्रत्येक विधामा धेरै नै राम्रा तस्बिरहरु आएका छन्, अझै राम्रो चाहान्छु। तर हामीले जे छानेका छौ यसबाट म पूर्ण सन्तुष्ट छु ।’

निर्णायक मण्डलका सदस्य वरिष्ठ क्युरेटर संगीता थापाले फोटोको गुणात्मकताबाट आफू उत्साहित भएको बताइन्। ‘फोटोको समुन्द्रबाट हामीले उत्कृष्ट छान्यौँ,’ उनले बताइन्।

फोटोग्राफरहरुको उत्साहजनक सहभागिता देखिँदा खुसी लागेको बाताउदै निर्णायक मण्डलका सदस्य दिपकराज जोशीले भने, ‘अति नै विशेष र सुन्दर फोटोहरु छन्। हजारौ फोटोबाट केही फोटो मात्र छान्नुपर्दा गार्हो महसुस भयो । जे होस् पछि हुने प्रदर्शनीमा दर्शकहरु पक्कै रमाउने छन्।’

यसैगरी  वरिष्ठ फोटोपत्रकार नरेन्द्र श्रेष्ठले भने, ‘नेपालमा विगत २ बर्षमा  भूकम्प , मधेस आन्दोलन नाकाबन्दी र संविधान घोषणा जस्ता महत्वपूर्ण घटनाहरुको हेर्न पाइन्छ भन्ने आशा थियो । तर आशा पूर्णरुपमा पूरा नभएपनि तर जति फोटोहरु आएका छन्, ती निकै राम्रा छन् र तिनै राम्राबाट हामीले उत्कृष्ट छान्ने छौ ।’

‘नेपालमा फोटोग्राफीमा आएको रौनकता देख्दा खुशी ब्यक्त गदै वरिष्ठ फोटोपत्रकार प्रकाश माथेमाले भन्नुभयो ‘प्रत्येक वर्ष सहभागीको संख्या वृद्धि हुनुलेनै स्पष्ट हुन्छ की नेपालमा फोटोग्राफी सस्कृतिको बिकास हुदै छ र यसको एउटा कारक यो प्रतियोगिता पनि हो ।’

प्रतियोगिताको अनलाइन पार्टनर  बिजमाण्डु र पहिलोपोस्ट पनि रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell