PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पहिरो झरेपछि ​नारायणगढ–मुग्लिन सडक अवरुद्ध



रासस

पहिरो झरेपछि ​नारायणगढ–मुग्लिन सडक अवरुद्ध

रत्ननगर (चितवन) : चितवनको कालिखोलामा आज बिहान झरेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ।
 
जिल्ला प्रहरी कार्यालयका अनुसार मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने कालिखोलामा बिहान ६ बजे पहिरो खसेपछि सवारी आवागमन दुईतर्फी नै बन्द हुन पुगेको हो। पहिरोले सडक अवरुद्ध भएपछि नारायणगढदेखि काठमाडौं जाने तथा काठमाडौँ, पोखरालगायत क्षेत्रबाट नारायणगढ आउने यातायातका साधन बाटोमै रोकिएका छन्।
 
पानी पर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ। पहिरो हटाउन मुग्लिन र भरतपुरतर्फबाट डोजर र स्काइभेटर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell