PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नयाँ सरकार सञ्चालनका लागि कांग्रेस-माओवादीले बनाए संयुक्त कार्यदल



पहिलोपोस्ट

नयाँ सरकार सञ्चालनका लागि कांग्रेस-माओवादीले बनाए संयुक्त कार्यदल

काठमाडौं : सरकार सञ्चालनका लागि न्युनतम साझा कार्यक्रम बनाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त कार्यदल बनाएका छन्।
 
उक्त संयुक्त कार्यदलमा दुवै दलका तर्फबाट तीन-तीन जना सदस्य छन्।
 
नेपाली कांग्रेसबाट नेता विमलेन्द्र निधिको नेतृत्मा डा. रामशरण महत र कृष्णप्रसाद सिटौेला सहभागी छन् भने नेकपा माओवादी केन्द्रका तर्फबाट नेता कृष्णबहादुर महराको नेतृत्वमा देव गुरुङ र गिरिराजमणि पोखरेललाई कार्यदल सदस्य तोकिएको छ।
 
संयुक्त कार्यदलले सरकार सञ्चालनका लागि दुई दलको तर्फबाट सरकारले गर्ने न्युनतम साझा कार्यक्रम बनाउनेछ। जसले दुवै पार्टीका प्राथमिकताका विषय समेटेर साझा कार्यक्रमलाई अगाडि बढाउनेछ। तिनै कार्यक्रम आगामी सरकारका लागि मार्गनिर्देश बन्ने दुवै पार्टीको बुझाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell