PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

प्रसिद्ध बंगाली साहित्यकार महाश्वेता देवीको निधन



पहिलोपोस्ट

प्रसिद्ध बंगाली साहित्यकार महाश्वेता देवीको निधन

काठमाडौं : बंगाली भाषाकी साहित्यकार महश्वेता देवीको ९० वर्षको उमेरमा निधन भएको छ।
 
लेखनका साथै सामाजिक कार्यमा पनि सक्रिय उनी दुई महिनादेखि कलकत्ताको वेल्व भ्यु हस्पिटलमा उपचाररत थिइन्। महाश्वेता साहित्य अकादमी, पद्म विभूषण, ज्ञानपीठ, म्यागासेसे लगायत विभिन्न पुरस्कारबाट सम्मानित भइसकेकी छन्।
 
उनले आफ्नो लेखहरुमा प्राय: उत्पीडित समुदायका मुद्दा, गरिबी, सामाजिक विभेद आदिलाई सम्बोधन गरेको पाइन्छ। सन् १९५६ मा ‘झाँसी की रानी’ लेखेसँगै उनको साहित्य लेखन यात्रा सुरु भएको हो। हज़ार चौरासी की माँ, ब्रेस्ट स्टोरिज़, तीन कोरिर शाध शामिल हैं आदि उनका चर्चित पुस्तकहरु हुन्। जसमध्य हज़ार चौरासी की माँ, संघर्ष, रुदाली, गंगोर जस्ता केही पुस्तकमाथि फिल्म पनि निर्माण भएको छ। उनका केही किताब विश्वका अन्य भाषामा अनुवाद भएका छन्।
 
उनको जन्म सन् १९२६ जनवरी १४ मा भएको थियो। तत्कालीन भारतको बङ्गलादेश-ढाकामा जन्मिएकी महाश्वेता देवी हाल भारतको पश्चिम बंगालामा रहँदै आएकी थिइन्। साहित्यिक पारिवारिक वातावरणमा जन्मिएकी उनका बुवा मनिष घटक स्वयं एक कवि र आमा धारित्री देवी आख्यानकार थिइन्।
 
कलकत्ता विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेकी उनले केही समय पत्रकारिता समेत गरेकी थिइन्। सन् १९८४ देखि मात्र उनले अन्य काम छोडेर साहित्य लेखनमा ध्यान दिइन्। र, त्यसका लागि उनले कलकत्ता विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एक कलेजमा पढाउने काम पनि छोडेकी थिइन्।
 
उनको निधनपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले 'भारतले एउटी महान् व्यक्तिगत गाइड गुमाएको छ' भनेर ट्वीट गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell