PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एपिजे अब्दुल कालम जसलाई भेट्न एक सूचीकारले २७ सय किलोमिटर साइकल हाँके



पहिलोपोस्ट

एपिजे अब्दुल कालम जसलाई भेट्न एक सूचीकारले २७ सय किलोमिटर साइकल हाँके

चेन्नई : सत्तरी वर्षका एस नागोर मिरान दिउँसो सुचिकार हुन् र रात परेपछि पहरेदार। मिरान त्यस्ता मानिसमा पर्छन् जसलाई तपाईँले पूर्व राष्ट्रपति अब्दुल कालमसँग उनको फोटो देखिएपछिमात्रै गहिरिएर हेर्नुहुन्छ र पछ्याउनुहुन्छ। यी वृद्ध थिरुभनिमयरमा रुखमुनि काम गरिरहेका हुन्छन्।

राष्ट्रपतिसँगको फोटो देखाउँदै उनले तामिलनाडूको तिनकासीदेखि नयाँ दिल्लीस्थिति राष्ट्रपति भवनसम् पुगेको कथा सुनाउँछन् जुन २ हजार ७ सय किलोमिटरभन्दा लामो छ जसलाई उनलाई साइकलमै पार गरेका थिए। घटना सन् २००३ को हो।

एकजना लाइन्स क्लबका सदस्यले मिसायल म्यान कालमको ध्यान खिच्न साइक्लिङ गर्ने रहर सुनाएपछि यिनी प्रेरित भए।

यसैबाट प्रेरित भएपछि सुरु भयो यात्रा। चेन्नई, हैदरावाद, नागपुर, भोपाल र आगराको रुट पूरा गर्न उनलाई ३५ दिन लाग्यो। यो यात्रामा उनले प्रहरी चौकी, खुला ठाउँ र अपरिचितका घरमा रात काटे।

'रमाइलो त के रह्यो भने यत्रो यात्रामा पनि मेरो साइकल एकपटक पनि पन्चर भएन। यो गजबको यात्रा थियो। लाग्थ्यो अल्लाहले मलाई कलामसँग भेट्न मिलाएका थिए,' ७० वर्षमा दौडिरहेका उनले सुनाए।

सुरुमात उनको पूर्व राष्ट्रपतिलाई भेट्ने योजना अलपत्र नै पर्‍यो। 'जब म दिल्ली पुगेँ, मैले उहाँलाई तत्काल भेट्नै पाइन। अनि मैले राष्ट्रपतिलाई मेरो मिसनबारे पत्र लेखेँ र राष्ट्रपति भवनको परिसरमा रहेको गेस्ट बक्स भित्र हालिदिएँ। भाग्यवस उहाँले मेरो पत्र पढ्नुभयो र मलाई बोलाउनुभयो,' उनले भने।

मिरानाले कालमलाई भेटेनन् मात्र उनीसँगै रात्रीभोज पनि गरे। उनले राष्ट्रपतिसँग ३५ मिनेट बिताए। 'मैले एउटा सल आफूसँग राष्ट्रपतिलाई ओडाउनका लागि लगेको थिएँ, तर उहाँले त्यो अस्वीकार गर्नुभयो। भन्नुभयो - राजधानीमा धेरै मानिसहरु चिसोका कारण मरिरहेका छन् त्यस्ता मानिसलाई देउ जसले चिसोमा ज्यान गुमाउन परिरहेको छ,' उनले राष्ट्रपतिको भनाइ स्मरण गरे।

उनलाई राष्ट्रपति भवनमा साढे २ दिनको पाहुनाका रुपमा राखियो। केही राजनीतिज्ञसँगै उनी त्यहाँ रहे। त्यस समय ती नेताहरुले विश्व शान्ति, मानवता लगायतका विषयमा छलफल गरे।

'कलाम सरले स्कुलका बालबालिकासँग कुराकानी गर्ने बानी बसाउन भन्नुभयो। मिकासम्म साइकलमा जाने मैले योजना सुनाए तर उहाँले सुरक्षाको कुरा उठाउँदै त्यसो नगर्न भन्नुभयो,' उनले भने।

मारिनले सुचिकार भएकव तीन दशक पूरा भइसक्यो। कालमको मृत्युको एक वर्ष पूरा हुँदा उनले भने, 'उहाँ मेरासामु जीवितै लाग्छ।' उनलाई छोटा कवित लेखर प्रकाशन गर्ने रहर लागेको छ जुन निकट भविष्यमा नै पूरा हुने उनको अपेक्षा छ। 
(टाइम्स अफ इन्डियामा प्रकाशित सामग्रीको भावानुवाद)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell