PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सत्ता परिवर्तनबारे बोल्यो चीन : ओलीको राजीनामाले सम्बन्धमा असर पार्दैन



पहिलोपोस्ट

सत्ता परिवर्तनबारे बोल्यो चीन : ओलीको राजीनामाले सम्बन्धमा असर पार्दैन

बेइजिङ : प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामापछि पनि नेपालसँगको सम्बन्धमा कुनै असर नपर्ने चीनले जनाएको छ।

प्रधानमन्त्री ओलीलाई चिनियाँ समर्थन रहेको व्यापक भएको समयमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नेपालसँगको सम्बन्धमा कुनै असर नपर्ने बताएका हुन्

भारतसँग सम्बन्ध चिसिएको र चीनसँग सम्बन्ध नजिक भएको विषयले प्राथमिकता पाउँदै आएको समयमा चीनले यस्तो धारणा सार्वजनिक गरेको हो। भारतसँग ओली सरकारको सम्बन्ध चिसिएको थियो भने चीनसँग नजिकिएको थियो।

संसदमा अविश्वासको प्रस्तावमा कमजोर अवस्थामा पुगेपछि प्रधानमन्त्री पदबाट ओलीले राजीनामा दिएका छन्।

'नेपालको छिमेकी मित्रका हैसियतले नेपालका सबै राजनीतिक दलले राष्ट्रिय स्वार्थलाई मनमा लिन्छन् र मुलुकको स्थायित्वका लागि लागिरहन्छन्,' प्रवक्ता लु काङले प्रेस रिलिजबाट नेपालको पछिल्लो अवस्थाबारे टिप्पणी गरेका छन्।

चीन र नेपालले सुखदुखमा साथ दिने बताउँदै उनले अन्तराष्ट्रिय र राष्ट्रिय अवस्थामा जेजस्ता परिवर्तन आए पनि दुई देशबीचको मित्रता र सहयोगमा परिवर्तन नहुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell