PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

हङकङमा हाइक फर नेपाल, फोटोमा हेर्नुस्- पहाडमा फहरायो चन्द्रसूर्य

हङकङमा हाइक फर नेपाल, फोटोमा हेर्नुस्- पहाडमा फहरायो चन्द्रसूर्य

पहिलोपोस्ट /पहिलोपोस्ट


हङकङ : भूकम्पपछि थलिएको नेपालको पर्यटन प्रवर्द्धनका लागि हङकङमा लामो दुरीको पैदल यात्रा- हाइकिङ आयोजना गरियो। हाइक फर नेपाल शीर्षकमा आयोजित कार्यक्रमले एसियाज वर्ल्ड  सिटीको उपमा पाएको हङकङ सहरलाई करिब चार घन्टा नेपालमय बनाएको थियो।

करिब १३ किलोमिटर यात्रालाई नेपालका लागि सँगसँगै पाइला चालौं नारा दिइएको थियो। सहरको मुटुमा केन्द्रित सेन्ट्रलस्थित हङकङ अवजरभेसन विह्लबाट सुरु भएको यात्रा वान चाई ग्याप, वाङ नाई, चुङ रिजर्भर पार्क लगायत सहरका मुख्य सडक, गोरेटो बाटो र अग्ला पहाडहरुलाई छिचोल्दै समुद्री किनार रिपल्स बे मा पुगी टुंगिएको थियो।
 
यहाँ बसोबास गर्ने नेपाली स्थानीय चिनियाँ र विदेशीहरु गरी करिब तीन सयको सहभागिता रहेको हाइकिङका सहभागीले वि विल राइज (हामी उठ्ने छौं) अंकित टिसर्ट लगाएका थिए। हाइकिङको उद्घाटन महावाणिज्यदूत कमलप्रसाद भट्टराईले नेपालको राष्ट्रिय झन्डा उचाली गरेका हुन्। 
 
१० पटक सगरमाथा आरोहण गरिसकेका चर्चित किर्तिमानी आरोही फुर्वा तेन्जिङ् शेर्पा र १२ गिनिज वर्ल्ड रेकर्ड बनाएका थानेश्वर गुरागाई कार्यक्रमको मुख्य आकर्षण बने। गुरागाईले सोही समारोहमा १३ औं कीर्तिमान थप्ने क्रममा कुहिनोमा ६.६२ सेकेन्ड बास्केटबल नचाए।
 
हाइकिङमा स्थानीय चिनियाँ सगरमाथा आरोही जोन च्याङ समेत उपस्थित थिए। उनले दुई पटक सगरमाथा आरोहण गरेका बताए। नेपाल प्रवर्द्धनात्मक कार्यक्रममा सहभागी हुन अत्यन्तै पाउँदा खुसी लागेको छ,’ नेपालसँग बेग्लै आत्मीयता गाँसिएको बताउँदै च्याङले भने, ‘भूकम्पपछि हामीले पनि सक्दो सहयोग गर्ने प्रयास गरिरहेका छौं।
 
हामी उठ्नेछौं अभियान अन्तर्गतकै पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम स्थानीय संस्था मितेरी सेवा समिति पोखरा हङकङले आयोजना गरेको हो। नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पुगोस् भन्ने हेतु यस्तो कार्यक्रमको आयोजना गरेका हौं,' मितेरी समाजका अध्यक्ष तुलसी गुरुङले भने, 'प्रचण्ड गर्मीको समेत परवाह नगरी नेपाली लगायत स्थानीय चिनियाँहरुले देखाएको सद्भावले ठूलो हौसला मिलेको छ। 

भूकम्प पीडितहरुको सहयोगार्थ सुरु भएको अभियानले पछिल्लो समय विभिन्न क्षेत्रहरुमा उत्प्रेरणामूलक गतिविधिहरुलाई निरन्तरता दिँदै आइरहेको छ।

फोटो सौजन्य : साउथ चाइना मोर्निङ पोस्ट  


ट्रेन्डिङ पोस्ट

Ncell