PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

प्रम भन्छन् - कोही नाङ्गै हिँड्न खोजे लुगा लगाएर औषधालय पुर्‍याउनु पर्छ



प्रम भन्छन् - कोही नाङ्गै हिँड्न खोजे लुगा लगाएर औषधालय पुर्‍याउनु पर्छ

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अनलाइनका कमेन्टहरु असभ्य, अमर्यादित भएको देख्दा विरक्त लागेको भन्दै नियन्त्रण गर्नुपर्ने बताएका छन्। 

काशिराज दाहालको संयोजकत्वमा गठित ‘सूचना तथा सञ्चारसम्वन्धी उच्चस्तरीय समिति’ ले बुझाएको प्रतिवेदन बुझ्दै बुधबार अपराह्न प्रधानमन्त्री  ओलीले आफ्नै निवास बालुवाटारमा आयोजित कार्यक्रममा भने, 'हामीले केलाई स्वतन्त्रता भन्ने भन्ने बुझ्नुपर्छ। अश्लील, असामाजिक तवरले कोही बोल्दै हिँड्यो भने, कराउँदै हिँड्यो भने त्यो हक त उसलाई छ, तर हकको दुरुपयोग गरेकोमा नियन्त्रण गर्नुपर्ने हुन्छ। कोही नांगै हिँड्न खोज्यो भने त्यसलाई वस्त्र लगाइदिएर औषधालय पुर्‍याउनुपर्ने हुन्छ।'

प्रधानमन्त्रीलाई अनलाइनका कमेन्टहरुले बढी प्रताडित गरेको उनको विचारले स्पष्ट बुझिन्थ्यो। 'यसो कुनै अनलाइन खोलेर पढ्नोस त भन्ने हो भने तपाईहरु कसैले पनि पढ्न सक्नुहुन्न। त्यति हिम्मतिलो कोही पत्रकार हुन्छन् जस्तो लाग्दैन। के-के लेख्छ-लेख्छ', उनले अगाडि भने, 'अश्लील मनपरी लेख्या हुन्छ। कसैले पढ्न सक्दैनन्। लाज हुन्छ। अश्लीलताको पराकाष्ठा।'

'कुनै कुरा चित्त बुझेन भने त्यसमा असहमति प्रकट गर्ने हाम्रो शैली हाम्रो विधि कस्तो हुन्छ? त्यस कुरामा ध्यान दिनुपर्ने बिन्दुमा नेपाल लगभग पुग्या छ,' उनको ठहर थियो।

प्रधानमन्त्रीले चिन्ता जनाए, 'यसो कुनै अनलाइन हेर्‍यो भने खासगरी कमेन्ट हेर्नुपर्छ। यो कमेन्टको नाममा जे आउँछ, कति तल छौँ हामी भन्ने कुरा यसले देखाउँछ। विरक्त लाग्छ एउटा विकराल समाजको चित्र देखाउँछ। कति तल छौँ हामी।'

'कसैको सम्बन्धमा बोल्दा सभ्यता छैन, मर्यादाको कुनै एउटा अंश पनि छैन। विचित्र लाग्छ। अधिकारका नाममा त्यो चिज अधिकार होइन भन्ने हामीले थाहा पाउनु पर्छ,' उनले भने।

उनले सूचनाको हकको पनि विरोध गरे। 'एउटा सूचनाको हकका नाममा राष्ट्रिय गोपनीयता वा कुनै केही पनि हुँदैन परिकल्पना पनि गरेको कताकति देखिन्छ', उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell