PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हिरोको नयाँ स्प्लेन्डर, रोक्दा इन्जिन अटोअफ, क्लचमात्र तान्दा स्टार्ट हुने



 हिरोको नयाँ स्प्लेन्डर, रोक्दा इन्जिन अटोअफ, क्लचमात्र तान्दा स्टार्ट हुने

काठमाडौं : हिरो मोटोकर्पले भारतमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ। कम्पनीले धेरै माइलेज दिने भनेर चिनिएको हिरो आई स्मार्ट स्प्लेन्डर एकसय १० सिसिको मोटरसाइकल सार्वजनिक गरेको हो।
 
भारतीय बजारमा यसको मूल्य ५३ हजार तीन सय भारु तोकिएको छ।

आइथ्रिएस प्रविधिमा रहेको यो मोटरसाइकलले धेरै माइलेज दिने दावी गरिएको छ। यो प्रविधिले मोटरसाइकल रोकेर राखेको अवस्थामा स्वचालित रुपमा इन्जिन बन्द गरिदिन्छ र पुनः चलाउनु परेमा क्लचमात्र तान्दा हुने कम्पनीले जनाएको छ। यसले इन्धनको बचत धेरै हुने कम्पनीको दाबी रहेको छ।

विशेषगरी धेरै भिडभाड भएको अवस्थामा र जाम भएका ठाउँहरुमा यसको प्रभावकारिता धेरै हुने कम्पनीले जनाएको छ।
 

प्रायः भारतमा सार्वजनिक भएका मोटरसाइकल र गाडीहरु त्यसको केहि समयपछिमात्र नेपालमा बिक्रीका लागि ल्याइन्छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell