PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​पर्यटकलाई गाइड गर्न हनीगाइडको एप्स



​पर्यटकलाई गाइड गर्न हनीगाइडको एप्स

काठमाडौँ: नेपालका विभिन्न पर्यटकीय स्थलहरुमा पदयात्रा गर्ने पर्यटकहरुका लागि हनिगाइड नामक संस्थाले 'ट्रेकिङ इन नेपाल' मोबाइल एप आज सार्वजनिक गरेको छ। 

नेपालका पर्यटन गन्तव्यबारे चाहिने सबै प्रकारका जानकारी समावेश गरिएको उक्त एप्स नेपालकै पहिलो अनलाइन गाइड भएको संस्थाले दावी गरेको छ। सो एप्सले पदयात्री पर्यटकलाई रुटको ट्र्याकमा  राख्छ। साथै यात्रुले चाहँदा एप्समा समावेश गरिएका गन्तव्यको पदमार्गमा पाइने सम्पूर्ण प्राकृतिक साथै भौतिक वस्तुहरु बारे जानकारी पनि दिन्छ। 

हनिगाइडका  संस्थापक अभिषेक पाण्डेका अनुसार अहिलेका लागि एप्समा सगरमाथा आधार शिविर, अन्नपूर्ण आधार शिविर र घोरेपानी पदयात्राको जानकारी रहने छ।  एप्सबाट ती गन्तव्य यात्राको क्रममा हुन सक्ने हिमपात, हिम पहिरो, हुरी आदि बारे जानकारी दिइनेछ।

एन्ड्रोइड र आइफोन मोबाइलमा उपलब्ध 'ट्रेकिङ इन नेपाल' एप्स अफ लाइन एप्स हो।  एप्स प्रयोगका लागि इन्टरनेट वा मोबाइल डाटा चाहिँदैन।

एप्समा चाडै अन्य पर्यटकिय स्थलहरुको पनि जानकारी राखिने संस्थाले जानकारी दियो। हाललाई एप्स गाइडेन्सका लागि सगरमाथाका लागि १४ .९९, अन्नपूर्णका लागि ९ .९९ र घोरेपानीका लागि ३.९९ अमेरिकी डलर शुल्क तोकिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell