PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सरकार अल्पमतमा परिसक्यो, राजीनामा दिनुपर्छ: माओवादी, कांग्रेसद्वारा प्रचण्डलाई प्रम स्वीकार



सरकार अल्पमतमा परिसक्यो, राजीनामा दिनुपर्छ: माओवादी, कांग्रेसद्वारा प्रचण्डलाई प्रम स्वीकार

काठमाडौँ : माओवादी केन्द्रले केपी शर्मा ओलीको वर्तमान सरकार अल्पमतमा परिसकेकोले राजीनामा दिएर मार्गप्रशस्त गर्न आह्वान गरेको छ। 

सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक पत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइसकेपछि संसदीय दलमा आयोजित पत्रकार सम्मेलनमा कृष्णबहादुर महराले भने, 'सरकार अल्पमतमा परिसक्यो। राजीनामा दिएर मार्गप्रशस्त गर्नुहुन्छ भन्ने विश्वास गरेका छौँ।'

पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता पम्फा भुसालले अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई लेखेको पत्रको व्यहोरा पढेर सुनाएका थिए। 
आजै बस्न लागेको एमाले स्थायी समितिको बैठकले राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गर्ने आशा आफूहरुले गरेको महराले बताए। 

ओली सरकार बनेको नौ महिनामै नयाँ सरकार बन्न लागेको छ, कति महिना टिक्छ भनेर सोधिएको प्रश्नको जवाफमा महराले भने, कति महिना टिक्छ, अहिले नै भन्न सकिन्न। 

प्रचण्डलाई कांग्रेसले प्रम स्वीकारेको पत्र रहेको दावी

पत्रकार सम्मेलनमा महराले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गरेको पत्र आफूहरुकहाँ आइसकेको दावी गरेका छन्। उनले भोलिसम्ममा मन्त्रालयगत रुपमा के गर्ने भन्ने सम्बन्धमा अर्को समझदारी आउन सक्ने भए पनि अहिले नै प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गरेको पत्र आफूहरुसाग रहेको बताए। 

यो सरकारले निर्वाचन गराउँछ कि गराउँदैन भनी सोधिएको प्रश्नको जवाफमा कुनै न कुनै निर्वाचन गराउने उनले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell