PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

२४ ‍मिनेटमै रुँदै मैदानबाट बाहिरिए रोनाल्डो

२४ ‍मिनेटमै रुँदै मैदानबाट बाहिरिए रोनाल्डो


शायद् अन्तिम पटक आफ्नो देशका लागि युरो कप खेल्दै थिए रोनाल्डो। क्लब फुटबलमा सबैखाले उपलब्धी हासिल गरिसकेको रोनाल्डोलाई देशका लागि युरोकपको उपाधि जिताउन सके विश्वकै महान फुटबलरको दर्जा पाइने थाहा थियो। अनि कतिपय विश्लेषकले फाइनललाई रोनाल्डो Vs ग्रिज्मनका रुपमा समेत चित्रित गरेका थिए।

तर चोटग्रस्त रोनाल्डो खेल सुरु भएको २४ औँ मिनेटमै रुँदै मैदानबाट बाहिरिन बाध्य भए। त्यसअघि दुई पटकसम्म उनी मैदानबाट बाहिरी उपचार गर्दै जसोतसो खेल्ने प्रयास गरिरहेका थिए।

८ औँ मिनेटमा पायट कारण मैदानमा ढलेर पहिलो पटक बाहिरिँदा नै उनको आँखाबाट बगेको आँसु गालाभरी देखिन्थ्यो। बायाँ खुट्टामा टन्नै स्ट्रायपिङ राखेर उनी मैदान छिरे पनि उनको एक्सप्रेसनले उनी ठीक नरहेको देखाइरहेको थियो। 


दोस्रो पटक १८ औँ मिनेटमा उनी ढले। तैपनि उपचार गराई उनी जसोतसो मैदानमा छिरे। तर अति भएपछि उनले बेञ्चमा आफूले खेल्न नसक्ने संकेत गरे। क्याप्टेनको ब्याज फुकाले र स्ट्रेचरमा बसेर रुँदै मैदानबाट बाहिरिए। उनलाई रिप्लेस गरे करिश्माले। रोनाल्डो बाहिरिएपछि टिममा असर पर्‍यो। उनीहरुले केही समयसम्म बल पोजेसनमा लिनै सकेनन्।

रोनाल्डो कति महत्त्वपूर्ण खेलाडी थिए भन्ने एउटा तथ्याङ्कबाट पनि प्रष्ट हुन्छ। फ्रान्सले टिमको रुपमा अहिलेसम्म ७० वटा अन्तर्राष्ट्रिय गोल गरेको छ भने रोनाल्डो एक्लैले उनको देशका लागि ६१ गोल गरेका छन्। 

रोनाल्डोले समूह चरणको दुई खेलमा गोल गर्न नसकेपनि हंगेरी विरुद्ध २ गोल गर्दै पोर्चुगललाई नकआउट चरणमा छनोट गराएका थिए। वेल्स विरुद्धको जितमा पनि रोनाल्डोले एक गोल गरेका थिए।

सन् २००४ मा युरोकपमा डेब्यु गरेको रोनाल्डोले त्यसपछि लगातार चार संस्करणमा गोल गर्ने कीर्तिमान समेत आफ्नो नाममा लेखाइसकेका छन्।  पोर्चुगलले अहिलेसम्म कुनै पनि मुख्य फुटबल प्रतियोगिताको उपाधि जितेको छैन। रोनाल्डो यसपटक यो उपलब्धि पाउन एक कदम मात्र टाढा छन्।

उनी बाहिरिएपछि वेल्सका स्टार ग्यारेथ बेलले पनि रोनाल्डो यसरी बाहिरिँदा नराम्रो लागेको ट्विट गरे। 

   


ट्रेन्डिङ पोस्ट

Ncell