PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

टोरोन्टोमा लोकधुन गुञ्जिँदा विदेशी नाचे छमछमी



पहिलोपोस्ट

टोरोन्टोमा लोकधुन गुञ्जिँदा विदेशी नाचे छमछमी

टारोन्टो (क्यानाडा) : क्यानाडाको टोरोन्टोस्थित नर्थ योर्कमा 'ग्लोबल भिलेज फेस्टिवल'मा जब नेपाली नृत्यसँगै र लोकधुन गुञ्जिन थाल्यो, दर्शकको भिड एकाएक उर्लियो। भिड व्यवस्थापन गर्न आयोजकलाई हम्मे परेको थियो।
 
प्रत्येक वर्ष सञ्चालन हुने यो मेलामा नेवाः गुठीका सदस्यहरुले 'सयथरी बाजा एउटै ताल’ गुञ्जाउँदा नेपाली मात्र होइन विदेशी दर्शक पनि झुमेका थिए।
 
नेपालका प्रसिद्ध मादल वादक सानुराजा महर्जन, उत्तम माकजु, प्रदीप बाँस्कोटा र बिजु सिंहको टोलीले धिमे, मादल, बाँसुरी, भुस्या, चाँपको तालमा नेपाली लोकधुन प्रस्तुत गरे।
 
दुई दिन चलेको मेलामा नेपालको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल बुथ स्थापना गरी नेपालसम्बन्धी जानकारीमूलक सूचना प्रवाह गरिएको थियो। गुठीका महिला सदस्य मौसम ताम्राकार र श्रीजा माथेमाले नेपालको संस्कृति र पर्यटनबारे जानकारी गराएका थिए।
 
क्यानडाका सांसद सलमा जहिदले समेत बुथको अवलोकन गरी नेपालबारे जानकारी लिएका थिए। अर्का सांसद ग्यांग तानले नेपाल-क्यानडा मैत्रीसंघ स्थापना गर्नुपर्नेमा जोड दिए।
 
नेपाली तथा नेवा संस्कृतिको संवर्द्धन प्रचार गर्ने उद्देश्यले टोरोन्टोमा गत १० वर्षअघि स्थापित गैर नाफामुखी संस्था क्यानेडियन नेवा गुठीको सक्रियतामा कार्यक्रम भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell