PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मुगुमा महिलालाई मोबाइल पुर्‍याउन उद्योग मन्त्रीले फ्याँके मोबाइल



मुगुमा महिलालाई मोबाइल पुर्‍याउन उद्योग मन्त्रीले फ्याँके मोबाइल

  • पहिलोपोस्ट-
​काठमाडौँ : उद्योग मन्त्री महेश बस्नेतले शनिबार ९६ फिट टाढा मोबाइल फ्याँकेका छन्। उनले रिसले मोबाइल फ्याँकेका भने होइनन्। काठमाडौँको टुँडिखेलमा भएको मोबाइल फ्याँक्ने प्रतिस्पर्धाको उद्‍घाटन गर्ने क्रममा मन्त्री बस्नेतले सुुरुमा ९४ फिट र दोस्रो पटकमा ९६ फिट टाढा मोबाइल फ्याँकेका थिए।

रोटरी क्लब अफ रुद्रमतीले यो प्रतिस्पर्धा आयोजना गरेको हो। 

मुगुको हितबडा गाविसका दुई सय महिलाहरुलाई निःशुल्क मोबाइल उपलब्ध गराउने अभियान अन्तर्गत पुराना मोबाइल संकलन गर्न यो प्रतियोगिता क्लबले आयोजना गरेको हो। प्रतिस्पर्धामा सहभागी हुनेहरुले पुरानो मोबाइल बुझाएपछि पाइने डमी मोबाइल फ्याँकेका हुन्। 

पुराना मोबाइलहरु बेचेपछि पाइने नयाँ मोबाइल मुगुमा बाँडिने क्लबले जनाएको छ। 

प्रतियोगितामा महिला, पुरुष र बालबालिका गरी तीन वर्ग छुट्याइएको थियो। सबै वर्गमा सबैभन्दा टाढा मोबाइल फ्याँक्नेलाई नयाँ मोबाइल पुरस्कार दिइएको थियो।

























@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell