PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

संसद पुन: अवरुद्ध, कांग्रेस भन्छ- 'प्रधानमन्त्रीले छलफलको प्रयाससम्म गरेनन्'



पहिलोपोस्ट

संसद पुन: अवरुद्ध, कांग्रेस भन्छ- 'प्रधानमन्त्रीले छलफलको प्रयाससम्म गरेनन्'

काठमाडौं : आफ्नो मागप्रति प्रधानमन्त्रीले छलफलको प्रयास नगरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज पुन: दोस्रोपटक संसद अवरुद्ध पारेको छ।
 
भूकम्पपीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ दिनुपर्ने माग राख्दै आएको कांग्रेसले बिहान पनि अवरुद्ध पारेपछि एक घन्टाका लागि संसद स्थगित गरिएको थियो।

सो खाली समयमा पनि प्रधानमन्त्रीले आफूहरुसँग छलफलको प्रयास समेत नगरेको कांग्रेस नेता प्रकाशशरण महतले बताए।

'भूकम्पपीडितहरुलाई राहत रकम दिनुपर्छ भनेर संसद अवरुद्ध गर्नुलाई उहाँले नकारात्मक रुपमा प्रचार गरिरहनुभएको छ,' उनले भने, 'एकमुष्ट रकम दिनेबारे प्रतिबद्धतासहित घोषणा नभएसम्म यो अवरोध जारी रहन्छ।'

अफगानिस्तानको काबुल हमलामा मारिएका नेपाली र भूकम्पपीडितबारे बोल्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले समय माग गरेका थिए। तर, कांग्रेसका सांसदहरु सदन अवरुद्ध गर्दै बाहिरिएपछि सभामुख ओनसरी घर्तीले एक घन्टाका लागि बैठक स्थगित गरेकी छन्। सो समय सीमाभित्र पनि प्रधानमन्त्री छलफलका लागि संवेदनशील नभएको कांग्रेसको भनाइ छ।
 
कांग्रेस नेता अर्जुननरसिंह केसीले भने प्रधानमन्त्रीको सम्बोधनबाट पनि विश्वस्त हुन नसकिने भएकाले प्रतिपक्षको सहमतिमा नीतिगत आधार तयार गरेर घोषणा नगरेसम्म संसद चल्न नदिने बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell