PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

साझाले ३० वटा अपांगमैत्री बस भित्र्याउँदै, दसैंअघि सञ्चालनको तयारी



पहिलोपोस्ट

साझाले ३० वटा अपांगमैत्री बस भित्र्याउँदै, दसैंअघि सञ्चालनको तयारी

काठमाडौं : साझा यातायातले दसैंअगाडि काठमाडौं उपत्यकामा ३० वटा सुविधासम्पन्न बस सञ्चालनमा ल्याउने भएको छ।

साझा यातायातका कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेयले भदौको पहिलो साता ३० वटा बस नेपाल भित्रिने जानकारी दिए। उनका अनुसार रुट परमिट लगायतका सरकारी प्रक्रिया पूरा गरेर असोजको पहिलो सातादेखि बस सञ्चालनमा आउनेछन्।

‘अहिले भारतको मुम्बईमा बसको बडी निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘कुनै प्राविधिक समस्या नआए भदौ पहिलो सातासम्म बस नेपाल भित्रनेछन्।’ काठमाडौं आइहाले पनि सञ्चालनका लागि भने केही समय लाग्ने उनले बताए।

साझाले ल्याउन लागेको नयाँ बसमा ४० भन्दा बढी सिटको व्यवस्था रहनेछ। एक सय जना यात्रुले आरामदायी यात्रा गर्न पाउनेछन्।
विदेशमा चल्नेजस्तै उभिनेलार्इ समात्न मिल्ने २५ वटा ‘ह्याण्ड स्ट्रिप’ रहने र बस अपांगमैत्री हुने पाण्डेयले जानकारी दिए। अपांगता भएकाहरुका लागि एउटा बसमा दुर्इ वटा ह्वीलचेयरको पनि व्यवस्था रहनेछ।

‘बसको पछाडिको ढोका फराकिलो हुनेछ,’ उनले भने, ‘जसमार्फत ह्विलचेयर पनि प्रवेश गर्न सक्नेछ।’ गाडीको प्यासेज २ बार्इ २ लेआउटको हुनेछ। यसो हुँदा बसभित्र यात्रु सहज रुपमा हिँडडुल पाउनेछन्। एलइडी डिस्प्लेसहितका बसमा डिस्प्लेमार्फत नै गाडी कुन रुटमा गइरहेको छ, हेर्न सकिनेछ। यसबाहेक यात्रुहरुका लागि छुटै टेलिभिजन सुविधा हुने पनि पाण्डेय बताउँछन्।

टेलिभिजनमा भने महानगरपालिकाका सूचना र कार्यक्रम देखाइनेछ। चोरी तथा अवाञ्छित गतिविधिलाई निगरानी राख्न गाडीभित्र सिसिटीभी पनि व्यवस्था गरिएको पाण्डेयले जानकारी दिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell