PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

घरमै भएको प्रतियोगितामा अमेरिका तेस्रो हुन पनि असफल, कोलम्बिया कोपा अमेरिकाको तेस्रो टिम

घरमै भएको प्रतियोगितामा अमेरिका तेस्रो हुन पनि असफल, कोलम्बिया कोपा अमेरिकाको तेस्रो टिम


कोलम्वियाले अमेरिकामा जारी कोपा अमेरिका सेन्टेनेरियोमा तेस्रो स्थन हात पारेको छ । आइतबार बिहान सम्पन्न खेलमा आयोजक अमेरिकालाई १- ० ले पराजित गर्दै कोलम्विया तेस्रो बनेको हो । 

अरिजोनास्थित फोएनिक्स स्टेडियममा भएको खेलमा कोलम्वियालाई जित दिलाउन कार्लोस बाक्काले निर्णायक गोल गरे।
 
खेलको ३१ औं मिनेटमा बाक्काले गोल गर्दै कोलम्वियालाई अग्रता दिलाएका थिए । एक गोलले पछि परेको आयोजक अमेरिकाले घरेलु मैदानमा बराबरी गर्ने प्रयास गरेपनि सफल हुन सकेन।
 
खेलको अन्त्यतिर दुवै टोलीका खेलाडी रातो कार्डको सामना गरेपनि दश खेलाडीमा रहेर खेलको अन्त्य गरेका थिए।

हाइलाइट्स

 
कोलम्विया सेमिफाइनलमा चिलीसँग हारेको थियो भने अमेरिका अर्जेन्टिनासँग पराजित भएको थियो।
 
उपाधिका लागि सोमबार बिहान अर्जेन्टिना र चिलीबीच प्रतिस्पर्धा हुनेछ। गत वर्ष पनि यी दुई बीच भएको फाइनलमा चिलीले अर्जेन्टिनालाई हराउँदै उपाधि जितेको थियो।


ट्रेन्डिङ पोस्ट

Ncell