PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अतिरिक्त समयमा क्रोएसिया स्तब्ध, पोर्चुगलको जितमा क्वारेस्मा नायक



पहिलोपोस्ट

अतिरिक्त समयमा क्रोएसिया स्तब्ध, पोर्चुगलको जितमा क्वारेस्मा नायक

अतिरिक्त समयको अन्त्यतिर रिकार्डो क्वारेस्माले एक मात्र निर्णायक गोल गरेपछि पोर्चुगल क्रोएसियालाई हराउँदै युरो २०१६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
 
गएराति भएको तेस्रो प्रिक्वाटरफाइनल खेल अन्तर्गत क्रोएसिया र पोर्चुगल बीच निर्धारित समयको खेलमा दुवैतर्फबाट गोल हुन सकेन। खेल अतिरिक्त समयतर्फ धकेलियो। अतिरिक्त समयको पनि अन्तिम तीन मिनेट अगाडीसम्म कुनै गोल हुन सकेन र खेल पेनाल्टी सुटआउटतर्फ पुग्ने संकेत देखिएको थियो।
 
तर खेलको ११७ औं मिनेटमा एक मात्र गोल सम्भव भयो। पोर्चुगलका रिकार्डो क्वेरेस्माले कप्तान क्रिस्टियानो रोनाल्डोको क्रसमा हेडमार्फत् गोल गर्दै पोर्चुगललाई जित दिलाए।
 
यसअघि निरन्तर रुपमा पोष्टमा आक्रमण गरेपनि क्रोएसिया गोल गर्न असफल रह्यो। अन्तिम समयमा बेहोरेको गोलसँगै क्रोएसिया अन्तिम १६ बाटै बाहिरियो। समूह चरणमा साविक विजेता स्पेनलाई हराएर शनसनी मच्चाएको क्रोएसियालाई फाइनलसम्मको दाबेदारको रुपमा हेरिएको थियो। तर सही समयका सही निर्णय गर्न नसक्दा नै क्रोएसिया पोर्चुगलसँग स्तब्ध भयो।
 
पोर्चुगलले अब क्वाटरफाइनलमा पोल्याण्डसँग खेल्नेछ। पोल्याण्ड पहिलो प्रिक्वाटरफाइनलमा स्विट्जरल्याण्डलाई पेनाल्टीसुटआउटमा पहराजित गर्दै पहिलो पटक युरो कपको क्वाटरफाइनलमा पुगेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell