PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

आत्मघाती गोलले डुबायो उत्तरी आयरल्यान्डलाई, इतिहास रच्दै वेल्स क्वार्टर फाइनलमा

आत्मघाती गोलले डुबायो उत्तरी आयरल्यान्डलाई, इतिहास रच्दै वेल्स क्वार्टर फाइनलमा


खेलको ७५ औँ मिनेटमा ग्यारेथ म्याकउलेले पोस्ट अगाडिको बल क्लियर गर्न खोज्ने क्रममा आफ्नै पोस्टमा छिराएको बलका कारण अल युके प्रिक्वार्टरफाइनलमा उत्तरी आयरल्यान्डले नमिठो पराजय भोग्नु परेको छ।

यद्यपि मध्यान्तरअघिसम्म बढी आक्रमण भने उत्तरी आयरल्यान्डले नै गरेको थियो। 

उता वेल्स इतिहास रच्दै क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भयो। पहिलो पटक खेल्दै गरेका दुवै टोलीमध्ये वेल्स अगाडि बढ्यो र पहिलो सहभागितामै क्वार्टर फाइनलको यात्रा तय गर्‍यो।  

पछिल्ल आठ खेलमा उत्तरी आयरल्याण्डले वेल्सलाई हराउन सकेको थिएन। अन्ततः यही इतिहास कायम राख्दै वेल्सले फेरि एक पटक उत्तरी आयरल्यान्डलाई पराजित गर्‍यो।

वेल्सले अब क्वार्टरफाइनलमा शुक्रबार हङ्गेरी वा बेल्जियमसित खेल्नेछ।


ट्रेन्डिङ पोस्ट

Ncell