PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अल्पाइन मेसीले गरे प्रतियोगिताकै उत्कृष्ट मध्ये एक गोल, हेर्नुस् भिडियो



अल्पाइन मेसीले गरे प्रतियोगिताकै उत्कृष्ट मध्ये एक गोल, हेर्नुस् भिडियो

युरो कप २०१६ अन्तर्गत शनिबार भएको अन्तिम १६ को पहिलो खेलमा ब्लास्जीवस्कीले ३९ औँ मिनेटमा गोल गरी पोल्यान्डको तर्फबाट अग्रता कायम गरे। यही एक गोल निर्णायक हुने लगभग निश्चित भइसकेको थियो। तर खेल सकिन ८ मिनेट बाँकी रहँदा जेर्दान शाकिरीले गोल गरी खेल बराबरीमा ल्याए। सकिरीले बक्सको छेउबाट ओभरहेड किक हानी दर्शनीय गोल गरेका थिए। उनको यो गोललाई प्रतियोगिताकै उत्कृष्ट गोल मध्ये एक भनिएको छ।  

जेर्दान शाकिरी अल्पाइन मेसी उपनामले समेत चिनिन्छन् । तीन वर्ष अघि वायर्न म्युनिखमा हुँदा जसरी उनको स्टार भ्यालु थियो त्यो अहिले कायम छैन तर इंग्लिस क्लब स्टोक सिटीबाट खेल्ने शाकिरी स्विस टोलीका मुख्य हतियारका रुपमा रहनेछन् । वायर्नमा रहँदा उनले दुई बुण्डेशलिगा सहित एक पटक च्याम्पियन्स लिगको उपाधि जितेका थिए।

उनको यही गोलका कारण खेल टाइब्रेकरमा जान बाध्य भयो। तर पेनाल्टी सुटआउटमा पोल्यान्ड विजयी हुनपुग्यो। 

हेर्नुस् शाकिरीको गोल






@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell