PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

किन चर्चामा छ इयुको जनमत संग्रहमा जिब्राल्टरको ८२३ नम्बर



किन चर्चामा छ इयुको जनमत संग्रहमा जिब्राल्टरको ८२३ नम्बर

युरोपियन युनियनमा रहने कि नरहने भन्ने विषयमा भएको जनमत संग्रहको परिणामपछि बेलायतको नियन्त्रणमा रहेको एउटा टापु जिब्राल्टरमा ८२३ नम्बर निकै चर्चामा आएको छ। 

समग्र बेलायतमा बहुमतले इयुमा नबस्ने पक्षमा मतदान गर्‍यो। तर जिब्राल्टरका करिब ३० हजार जनसंख्यामध्ये  ८४ प्रतिशतले मतदानमा भाग लिए। त्यसमध्ये १९ हजार ३२२ अर्थात् ९५.९ प्रतिशतले इयुमै रहने पक्षमा मतदान गरे। इयुमा नरहने पक्षमा मतदान गर्नेको संख्या ८२३ थियो। र त्यही ८२३ संख्या ट्विटरमा चर्चाको विषय बनेको हो। 

ती ८२३ जना को हुन् भन्ने विषयमा रमाइला रमाइला अनुमान भएका छन्। 

सन् १७१३ देखि बेलायती भूभागका रुपमा रहँदै आएको जिब्राल्टरमा स्पेनको पनि दावी रहँदै आएको थियो। जनमत संग्रहको परिणामपछि स्पेन  जिब्राल्टरको सार्वभौमसत्तामाथि सहदावी गर्ने त्यहाँका विदेश मन्त्री जोसे म्यानुएल गार्सिया मार्गाल्लोले बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell