PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भाइबरले नेपाली भाषामा स्टिकर ल्याउने



भाइबरले नेपाली भाषामा स्टिकर ल्याउने

काठमाडौं : भाइबरले नेपाली भाषामा स्टिकरमा उत्पादन गर्नका लागि लगानी गर्न लागेको जनाएको छ।

विश्वभरी करोडौँ प्रयोगकर्ता रहेको र नेपालमा ४५ लाख सूचीकृत प्रयोगकर्ताहरुले प्रयोग गर्दै आएको भाइबरले नेपाली नयाँ वर्ष २०७३ को अवसरमा दश हजार मूल्य बराबरको स्टिकर एप प्रयोगकर्तालाई निःशुल्क उपहार दिएको थियो।

पछिल्लो केही वर्षदेखि भाइबरले नेपाललाई पनि आफ्नो बजार विस्तारको प्राथमिकतामा राख्दै आएको जनाएको छ। हालै पब्लिक च्याट सुरु गरेको भाइबरले नेपालको बजारमा उल्लेख्य सफलता प्राप्त गरेको दावी गरेको छ।

पब्लिक च्याटमा प्रयोगकर्ताहरुले सेलिब्रेटी, प्रेरक र ब्राण्डलाई पछ्याउन सक्छन्। नेपालमा चलेका सेलिब्रेटीहरुले पनि भाइबरमा आफ्नो उपस्थिति जनाइसकेका छन्। माल्भिका सुब्बा, प्रियंका कार्की, ऋचा शर्मा, बाबुराम भट्टराई लगायतले पब्लिक च्याटको सुरुवात गरिसकेका छन्।
 
बिहीबार आयोजित कार्यक्रममा भाइबरका लागि दक्षिण एसियाका क्षेत्रीय प्रमुख अनुभव नैयरले पब्लिक च्याटको सफलतापछि ग्राहकमाझ नयाँ अफर ल्याउने बताए। उनले भाइवरका लागि नेपाल राम्रो बजार भएकाले भविष्यमा थप लगानी गर्न र नविन अफरहरु ल्याउन इच्छुक रहेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell