PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

हिंसामा नलाग्ने प्रतिबद्धतासहित ​अफगानिस्तानमा ५० तालिबानले गरे आत्मसमर्पण



पहिलोपोस्ट

हिंसामा नलाग्ने प्रतिबद्धतासहित ​अफगानिस्तानमा ५० तालिबानले गरे आत्मसमर्पण

माइमाना (अफगानिस्तान) : अफगानिस्तानमा हिंसात्मक विद्रोह गरिरहेका तालिवान समूहका ५० जना सशस्त्र लडाकुले सरकारसमक्ष आत्मसमर्पण गरेका छन्।
 
उनीहरूले अबदेखि हत्या हिंसामा नलाग्ने भन्दै आफूसँग भएका हातहतियारसमेत बुझाएर सरकारसमक्ष आत्मसमर्पण गरेका बताइएको छ।
 
अफगानिस्तानको उत्तरी प्रान्तको दौलतबाद जिल्लाका लडाकुहरूले आत्मसमर्पण गरी जिल्लाको प्रहरी मुख्यालयमा हतियार बुझाएको समाचारमा जनाइएको छ।
 
उक्त जिल्लाका सैनिक प्रवक्ता नसरुल्लाह जमसिद्दीले ५० जना तालिवान सशस्त्र लडाकुले हतियार बुझाएका र अबदेखि हिंसामा नलाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
 
अफगानिस्तानमा पछिल्लो समयमा हिंसा कायम छ। तालिवानहरूले सरकारी कर्मचारी, सुरक्षा निकाय तथा नेटो सेनालाई समेत समय समयमा निशाना बनाउने गरेका छन्।
 
हिंसामा परी दिनहुँजसो नागरिकको ज्यान जाने गरेको छ। उनीहरूले सर्वसाधारण नागरिकलाई समेत लक्ष्यगरी गर्ने गरेका हमलाहरूमा परी ठूलो सङ्ख्याका सर्वसाधारणले पनि ज्यान गुमाउने गरेका छन्।
 
सरकारले ती विद्रोहीलाई आत्मसमर्पण गरी शान्तिपूर्ण जीवनयापन गर्नका लागि आह्वान गर्दै आएको छ। रासस/सिन्ह्वा

​(फाइल फोटो :nypost.com)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell