PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अनिल कुम्बले भारतको क्रिकेट प्रशिक्षमा नियुक्त



पहिलोपोस्ट

अनिल कुम्बले भारतको क्रिकेट प्रशिक्षमा नियुक्त

भारतीय टीमका पूर्व कप्तान अनिल कुम्बले भारतको क्रिकेट प्रशिक्षकमा नियुक्त भएका छन्। 

एक वर्षका लागि राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षकमा नियुक्त गरिएको बिसीसीआइले बताएको छ। उनको वेष्ट इन्डिज विरुद्धको चार टेष्ट सिरिजमा भारतीय प्रशिक्षकको रुपमा डेब्यु गर्नेछन्।
 
बिसीसीआई सुरुवाती मनोनयमा परेका ५७ उम्मेदवार मध्ये शीर्ष २१ मा छानिँदै गत मंगलबार अन्तर्वार्ताका लागि छनोट भएका थिए। 
अहिलेसम्म कुनै पनि क्रिकेट टीमको प्रशिक्षण नगरेका कुम्बलेले आश्चर्य रुपमा प्रशिक्षकका लागि आवेदन दिएका थिए। यद्यपि उनले आइपिएलमा रोएल च्यालेन्जर्स बैंगलोर मुम्बई इन्डियन्सको मेन्टरको रुपमा काम गरेका थिए।
 
१८ वर्ष भारतीय क्रिकेटको खेलाडी र कप्तान बनेका कुम्बले टेष्ट क्रिकेटमा भारतका लागि सर्वाधिक विकेट लिएका थिए। उनले भारतका लागि टेष्टमा ६१९ विकेट लिएका छन्। सन् १९९९ मा पाकिस्तान विरुद्ध ७४ रन खर्चँदै १० विकेट उनको उत्कृष्ट प्रदर्शन हो।
 
सन् २००७ को नोभेम्बरमा टेष्ट टीमका कप्तान बनेका कुम्बलेले १४ खेलको नेतृत्व गरेका थिए। 

खेलाडीबाट सन्यास लिएपछि कुम्बलेले प्रशासनिक भूमिका समेत निर्वाह गरेका थिए। सन् २०१० मा उनले कर्नाटक स्टेट क्रिकेट एसोसिएसनको प्रमुखमा नियुक्त भएका थिए। यस्तै नेसनल क्रिकेट एकेडेकीको समेत प्रमुख बनेका बिसीसीआईको प्राविधिक कमिटीमा समेत संलग्न थिए। 

भारतीय टीमको बलिङ, ब्याटिङ र सहायक प्रशिक्षक केही समयमा नियुक्त गर्ने बिसीसीआईका अध्यक्ष अनुराग ठाकुरले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell