PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

काठमाडौँ उपत्यकाभित्रका १४ नदीको दायाँबायाँ छाड्नु पर्ने दूरी कति?



रासस

काठमाडौँ : काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकाका १४ नदीको बहाब क्षेत्रको दायाँबायाँ छाड्नुपर्ने जग्गाको दूरी सार्वजनिक गरेको छ। 

वाग्मती, विष्णुमती, हनुमन्ते र मनोहरामा दायाँबायाँ २० मि, धोबीखोलामा धोबीखोला आयोजना लागू भएको क्षेत्रमा आयोजनाले तोकेअनुसार र अन्यत्र नौ मि दूरी कायम गरिएको प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपानेले राससलाई जानकारी दिए।

“नख्खुखोलामा १२ मिटर, बल्खु, कर्मनासा(कोड्कु), साङ्ले र महादेव खोलामा १० मिटर, शोभाभगवतीस्थित विष्णुमती खोलामा मिसिने करखुसी खोलामा छ मिटर, इच्छुमती, सामाखुसी एवम् उपत्यकामा बग्ने अन्य खोलामा चार मिटर दायाँबायाँ कुनै पनि भौतिक संरचना निर्माण नगर्न सार्वजनिक सूचना जारी गरिएको छ, कुनै पनि खोला, खोल्सी र राजकुलो छोप्न पाइने छैन”– उनले भने। 

नदी वा खोलाको दायाँबायाँ भौतिक संरचना निर्माण गर्दा बाढीको जोखिम पनि हुने सम्भावना रहेकाले मानवीय दृष्टिले समेत मापदण्ड लागू गरिएको प्राधिकरणले जनाएको छ । यो मापदण्डले नदी किनारका पर्ती एवम् सार्वजनिक जग्गाको पनि संरक्षण हुनेछ । 

विसं २०२१ मा वाग्मतीको दायाँबायाँ १०० मि छाड्नुपर्ने नियम भएकामा उपत्यकामा बस्ती बढ्दै गई आवासीय क्षेत्र पनि घटेकाले ३० मि हुँदै अहिले २० मिमा झारिएको प्राधिकरणले जनाएको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell