PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एकसाथ १२ शव भित्रँदा शोकमा डुब्यो विमानस्थल

एकसाथ १२ शव भित्रँदा शोकमा डुब्यो विमानस्थल

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती आक्रमणमा मृत्यु भएका १२ नेपालीको शव आज दिउँसो काठमाडौं ल्याइएको छ।

दिउँसो २:४० बजे नेपाल वायुसेवा निगमको आरए २४४२ विमानमार्फत त्रिभुवन विमानस्थलमा ती शव ल्याइएको हो। नेपाल वायुसेना निगमको चार्टर्ड  विमानमा अफगानिस्तानमा कार्यरत २४ जना नेपाली पनि फर्किएका छन्।

विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री कमल थापा, श्रम मन्त्री दीपक बोहोरा लगायत पुगेर मृतकप्रति श्रद्धाञजली अर्पण गरेका थिए।

मृतक १२ नेपालीहरुमा चन्द्रबहादुर राना मगर, काठमाडौं, विदुरबहादुर सुवेदी क्षेत्री, काठमाडौं, हरिबहादुर बरुवाल क्षेत्री, काठमाडौं, डम्बरबहादुर तामाङ, नुवाकोट, मधुसुदन कोइराला, नुवाकोट, लीलबहादुर गुरुङ, नुवाकोट, अमृतबहादुर थापा, लमजुङ, कृष्णबहादुर ढुंगाना, चितवन, सुकबहादुर गुरुङ, स्याङ्जा, जितेन्द्रसिंह थापा, रुपन्देही, नवीनबहादुर क्षेत्री, पर्वत र अंकुर तामाङ, सुनसरी रहेका छन्।

दिउँसो त्रिभुवन विमानस्थलमा मृतकका आफन्तहरु, सञ्चारकर्मीहरुको भिड लागेको थियो। मृतक १२ नेपालीको शव कफिनमा आइपुग्दा त्यहाँ आफन्तजनमात्र होइन अरुको पनि आँखा रसाएको देखिन्थ्यो।

फोटोमा हेर्नुस्, विमानस्थलको कारुणिक दृश्य-


ट्रेन्डिङ पोस्ट

Ncell