PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

नारायणहिटी दरबारअगाडि प्रधानमन्त्री ओली, भारतीय राजदूत र उपप्रम कमल थापाको 'प्रणाम पोज'

नारायणहिटी दरबारअगाडि प्रधानमन्त्री ओली, भारतीय राजदूत र उपप्रम कमल थापाको 'प्रणाम पोज'

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ : गणतन्त्र स्थापना भएर संग्रहालयमा परिणत हुनुअघि नेपालको शक्तिकेन्‍द्रका रुपमा स्थापित नारायणहिटी राजदरबारअगाडिको खुला सडकमा आज एकाबिहानै प्रधानमन्त्री केपी ओली, भारतीय राजदूत रणजित राय, कमल थापा लगायतका उपप्रधानमन्त्रीहरु प्रणाम पोजमा थिए। 

उनीहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सक्रियतामा विश्वभर मनाउन थालिएको अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा योग गर्दै थिए जसको आयोजना स्वयं नेपाल सरकारले गरेको थियो। नेपालमा यो दिवस मनाउन सरकारले गठन गरेको अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले दरबारमार्गको सडक नै जाम हुने गरी किन नारायणहिटी अगाडिको बाटो योग शिविरका लागि रोज्यो, त्यसको जवाफ भेटिएन। यसअघि रामदेवले योग शिविर आयोजना गर्दा टुँडिखेलको खुला स्थान उपयोग गरिएको थियो। 

नारायणहिटी संग्रहालयअगाडि मञ्च बनाई सडकमा सहभागीहरुलाई राखिएको थियो जसका कारण बिहानभर सो सडकखण्डमा सडक अवरुद्धसमेत भयो।

कार्यक्रममा गृहमन्त्री शक्तिबहादुर बस्नेत सहितका मन्त्रीहरु, सांसद लगायत उच्च पदस्थ पदाधिकारी र सर्वसाधारण पनि सामेल थिए।

योग दिवसमा देखिएका दृश्यहरु फोटोमा हेर्नुस्-


ट्रेन्डिङ पोस्ट

Ncell