PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रिक्सा चालकलाई किक हान्ने ट्राफिक प्रहरी जवान निलम्बित



पहिलोपोस्ट

रिक्सा चालकलाई किक हान्ने ट्राफिक प्रहरी जवान निलम्बित

​काठमाडौँ : विराटनगरमा रिक्सा चालकलाई किक हान्ने ट्राफिक प्रहरी जवान भोजराज पोखरेललाई पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले आवश्यक कारबाहीका लागि निलम्बन गरेको छ। 

गएको असार ३ गते उनले रिक्सा चालकलाई किक हान्दै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो। 

नेपाल प्रहरी संगठनले अख्तियार गरेको मुस्कान सहितको प्रहरी सेवाको अवधारणा विपरीत मानव अधिकारको संरक्षण र नागरिकको मौलिक हकको उच्च सम्मानमा प्रतिकूल असर पर्ने गरी संगठनको छविमा नै आँच आउने प्रकृतिको कार्य गरेको देखिन आएकोले आवश्यक कारवाहीका लागि निलम्बन गरिएको कार्यालयले जनाएको छ। 

यसअघि गत शनिबार कार्यालयले क्षणिक आवेगमा यो घटना भएको बताएको थियो। 'विराटनगरको जलजला चोकदेखि उत्तर पट्टीको सडकको बायाँ किनारामा एकतर्फी पार्किङमा उक्त रिक्सा आएर दोहोरो पार्किङ गरी सडक अवरोध गरेको अवस्थामा उक्त स्थानमा खटिएको ट्राफिक प्रहरीले रिक्सा हटाउन अनुरोध गर्दा रिक्सा नहटाई बसिरहेको अवस्थामा रिक्सालाई जरिवाना गर्ने परिपाटी नभएको र सचेत गराउन चक्काको हावा खोल्न खोज्दा रिक्सा चालकले गालीगलौज गर्दै एक्कासी रिक्सा अगाडी बढाउदा रिक्साको चक्कामा रहेको ट्राफिक प्रहरीको हात चोट लागी रक्ताम्मे हुँदाको अवस्थामा निज क्षणिक आवेगमा आई उक्त घटना घटाएको पाइएको छ', कार्यालयले लेखेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell