PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

हत्याकान्डको १५ वर्षपछि राजा वीरेन्द्रका नातिनातिनी नारायणहिटीमा, हेर्नुस् फोटो

हत्याकान्डको १५ वर्षपछि राजा वीरेन्द्रका नातिनातिनी नारायणहिटीमा, हेर्नुस् फोटो

समर्थ रञ्जित/पहिलोपोस्ट


​२०५८ जेठ १९ : त्यो कालो दिन नारायणहिटी दरबारमा एउटा अकल्पनीय घटना भयो। त्यतिबेला सर्वसाधारणलाई यो दरबारको वरपर हिँड्नसमेत निषेध थियो। 

२०७३ जेठ १९ : १५ वर्षपछि त्यही नारायणहिटी दरबारको गेटमा त्यतिबेला हत्या गरिएका राजा वीरेन्द्रका नातिपुस्ता पहिलो पटक आइपुगे। तर उनीहरुलाई भित्र जान अनुमति थिएन। 

गद्दी खोसिएका राजा ज्ञानेन्द्रका छोरा पारसका छोरा ह्रदयेन्द्र, छोरीहरु पूर्णिका र कृतिका मात्र हैन, दरबार हत्याकान्डमा ज्यान गुमाएकी तत्कालीन अधिराजकुमारी श्रुतिकी छोरीहरु गीर्वाणी र सुरङ्गना पनि नारायणहिटीको गेटमा पुगेकी थिइन्। 

सुरक्षाकर्मीहरुसहित आएका उनीहरुले नारायणहिटीको गेटमा राखिएका मारिएका राजपरिवारका सदस्यहरुको फोटो मुनि मैनबत्ती जलाए, पुष्पगुच्छा अर्पण गरे। उनीहरु धेरै समय त्यहाँ बिताएनन्। एकछिन आए र गइहाले। 

नारायणहिटी दरबार भने कालो थियो। बत्ती बलेको थिएन। शायद् आजको कालो दिनको सम्झनामा कालै थियो यो ठाउँ। 


ट्रेन्डिङ पोस्ट

Ncell