PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कांग्रेसको चौथो अवरोधपछि बजेट छलफल रोकियो, बैठक भोलि



कांग्रेसको चौथो अवरोधपछि बजेट छलफल रोकियो, बैठक भोलि

काठमाडौं  : संसदमा बजेट पेश हुनुअघि नै पत्रपत्रिकामा महत्वपूर्ण सूचना  सार्वजनिक भएको भन्दै नेपाली कांग्रेसले अवरोध गरेपछि संसदको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ।

सोमबार चौथो पटक पनि नेपाली कांग्रेसका सांसदहरुले संसद बैठक अवरोध गरेपछि बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको हो।
सोमबार बिहान ११ बजे बोलाइएको बैठक कांग्रेस सांसदहरुले अवरोध गरेपछि पटक पटक गरी तीन पटक स्थगित गरिएको थियो। तर चौथो पटक पनि कांग्रेस सांसदहरुले अवरोध जारी राखेपछि मंगलबार बिहान ११ बजेसम्म बैठक स्थगित गरिएको हो।

सोमबार नै पटक पटक गरी चार पटक बोलाइएको बैठकको सुरुमा बोल्दै कांग्रेस सांसदहरु डा. रामशरण महत, रमेश लेखक, महेश आचार्य र ईश्वरी न्यौपानेले सरकारले बजेटको महत्वपूर्ण सूचना चुहाएर संसदको विशेष अधिकार हनन गरेको आरोप लगाए।

उनीहरुले बजेट पेश हुनुअघि नै गोपनीयता भंग भएर संसदको विशेषाधिकार हनन भएको भन्दै छानबिनका लागि रुलिङ गर्न सभामुख ओनसरी घर्तीसँग माग गरेको छ।

सरकारले शनिबार पेश गरेको बजेटबारे छलफल गर्न सोमबार बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो। तर बैठक सुरु हुने वित्तिकै पूर्व अर्थमन्त्री समेत रहेका कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले बोल्दै बजेटको गोपनीयता भंगबारे छानबिन गर्न समिति गठनको माग गरे।

कांग्रेस सांसदहरु आफ्नो ठाउँबाट उठेपछि बैठक आधा घण्टाका लागि स्थगित गरियो। आधा घण्टापछि फेरि बोलाइएको बैठकमा कांग्रेस सांसद तथा केन्द्रीय सदस्य रमेश लेखकले बोले। त्यसपछि फेरि अवरोध भएपछि १ घण्टाका लागि स्थगित गरियो।

एक घण्टा वितेपछि साढे १ बजे फेरि बैठक बोलाइयो। त्यसपछि कांग्रेस नेता महेश आचार्यले बोलेपछि बैठक अवरोध भयो। सोमबार नै चौथोपटक बसेको बैठकमा सचेतक ईश्वरी न्यौपानेले बोलेपछि कांग्रेस सांसदहरुले बैठक अवरुद्ध पारे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell