PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​युरोअघि जर्मनीलाई झड्का, अभ्यास खेलमा स्लोभाकियासँग ३–१ को हार



​युरोअघि जर्मनीलाई झड्का, अभ्यास खेलमा स्लोभाकियासँग ३–१ को हार

फ्रान्समा जुन १० बाट सुरु हुने युरो कप फुटबल अघि विश्व विजेता जर्मनी स्लोभाकियासँग स्तब्ध बनेको छ। गए राती घरेलु मैदानमै भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा जर्मनी स्लोभाकियासँग ३–१ ले पराजित भएको हो।

खेलको १२ औं मिनेटमै मारियो गोमेजले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। तर जर्मनीको अग्रता लामो समय टिक्न सकेन। ४१ औं मिनेटमा स्लोभाकियाका मारेक हामसिकले गोल गर्दै खेल १–१ को बराबरीमा पुर्‍याए। त्यसको तीन मिनेटपछि नै माइकल डुरिसले गोल गर्दै स्लोभाकियलाई पहिलो हाफमै २–१ को अग्रता दिलाए।

दोस्रो हाफमा स्लोभाकियाले गोल थप्यो। ५२ औं मिनेटमा जुराज कुच्काले गोल गर्दै स्लोभाकियालाई ३–१ को अग्रता दिलाए। त्यसपछि खेलमा दुवैतर्फबाट गोल हुन सकेन र जर्मनी ३–१ ले पराजित भयो। पछिल्ला चार खेलमा जर्मनीको यो तेस्रो हार हो।

समूह सी मा रहेको जर्मनीले युरोकपमा उत्तरी आयरल्याण्ड, पोल्याण्ड र युक्रेनसँग प्रतिस्पर्धा गर्नेछ। स्लोभाकिया भने इंगल्याण्ड, रुस र वेल्स रहेको समुह बीमा छ।

गए राती नै भएको खेलमा स्पेनले बोस्निया हर्जगोभिनालाई ३–१ ले हराएको छ। स्पेनको जितमा नोलिटोले दुई तथा पेड्रोले एक गोल गरे। बोस्निका एमिर स्पाहिकले सान्त्वना गोल गरे। अन्य खेलमा युक्रेनले रोमानियालाई ४–३, टर्कीले मोन्टेनेग्रोलाई १–०, इटलीले स्कटल्याण्डलाई १-० र पोर्चुगलले नर्वेलाई ३–० ले हरायो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell