PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मोडल खोज्दै काठमाडौंदेखि झापासम्म



पहिलोपोस्ट

मोडल खोज्दै काठमाडौंदेखि झापासम्म

काठमाडौं : ‘मोडल हन्ट नेपाल’को दोस्रो सिजन जेठ २९ गतेबाट सुरु हुने भएको छ। मोडलिङ पेसालाई व्यावसायिक बनाउन र नयाँ पुस्तालाई आधुनिक ज्ञान प्रदान गर्न भन्दै 'नेक्स्ट मोडल्स'ले गर्न लागेको प्रतियोगिता राजधानीबाट सुरु हुने भएको हो।
 
प्रतियोगिताको पहिलो अडिसन राजधानीबाट सुरु भई पोखरा, नारायणघाट, बुटवल, धरान, बिर्तामोड हुँदै पुन:  राजधानीमै आएर सकिनेछ। ‘मोडल हन्ट नेपाल २०१६’नामक प्रतियोगिताका लागि आवेदन खुल्ला भएको आयोजकले जानकारी दिएको छ।
 
भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश लगायतका देशमा चर्चित यस सौन्दर्य प्रतियोगिता नेपालमा गत वर्षबाट सुरु भएको हो।
 
युवायुवतीको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै अन्तर्राष्ट्रिय मोडलिङमा अवसर प्रदान गर्न प्रतियोगिता तय गरिएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए। युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तराष्ट्रियस्तरको मोडल बन्न कार्यक्रमले सहयोग पुर्‍याउने धमलाको दाबी गरे।
 
१६ देखि २८ वर्ष ननाघेका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन्। पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धाका लागि एक महिने प्रशिक्षण दिइनेछ। प्रतियोगीलाई र्‍याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, पब्लिक स्पिकिङ लगायतका विषयमा प्रशिक्षण दिइने नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन्।
 
छनोट भएका प्रतियोगीले चिर्चित जर्मल फेसन डिजाइनर स्टेल म्यारिस हाफेलेले तयार पारेका फेसनका डिजाइन र्‍याम्पमा शो गर्नेछन्। प्रतियोगिताको आवेदन फाराम जेठ ११ गतेबाट वितरण सुरु गरिएको छ। सहभागी हुन चाहनेले प्रतियोगीलाई शीर्षसहित आधादर्जन उपविधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ।

(फोटो : कुबेर गिरी)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell