PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

शव परीक्षण प्रतिवेदनपछि घटनास्थलमै पुगेर अनुगमन



पहिलोपोस्ट

शव परीक्षण प्रतिवेदनपछि घटनास्थलमै पुगेर अनुगमन

काठमाडौं : फुटबलर विमल घर्ती मगरकी बहिनी मनिषाको रहस्यमय मृत्युको कारणबारे सामाजिक न्याय तथा मानवअधिकार समितिले अनुगमन गर्ने भएको छ।
 
आज त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर मनिषाको शव परीक्षणबारे बुझ्दै समितिका सभापति सुशीलकुमार श्रेष्ठले घटनास्थलमै पुगेर अनुगमन गरिने बताए। ‘यो शंकास्पद घटनाले शान्ति सुरक्षामाथि नै चुनौती थपिएको छ,’ उनले भने, ‘शव परीक्षणको प्रतिवेदन आएपछि त्यसकै आधारमा हामी घटनास्थल पुगेर अनुगमन गर्नेछौं।’
 
१७ वर्षकी मनिषा बुधबार नवलपरासी बर्दघाट–८ स्थित घरमै मृत अवस्थामा फेला परेकी थिइन्। हत्या आशंका गर्दै उनका प्रेमी नवलपरासी तिलकपुरका २२ वर्षीय रुद्रनारायण चौधरी (आशिष) लाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए।

मनिषाले स्थानीय बर्दघाटस्थित न्युलाइफ उच्च माविबाट कक्षा ११ को परीक्षा दिएकी थिइन्।

यता, काठमाडौँ महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरी मनिषाको आजै पशुपतिमा अन्त्येष्टि गरिँदै छ। मनिषाको रहस्यमय मृत्युले आफन्त र स्थानीयवासी शोकमा डुबेका छन्।
(फोटो : प्रदीपराज वन्त, रासस)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell